१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि…

१० पुष २०८१, बुधबार १२:४३

काठमाडौँ | अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन् । उनको उक्त तस्विर सामान्यभन्दा फरक मात्र नभएर अनौठो किसिमको पनि छ ।

सुरक्षाको उक्त तस्विर हेर्दा उनको दुर्घटना भएको हो कि भन्ने जस्तो देखिन्छ तर उनले तस्विर खिचाउनकै लागि सडक दुर्घटनाको शैलीमा लडेकी छिन् । तस्विरमा सेतो रंगको कारको अगाडिको ढोका खुल्लै छ भने सुरक्षा उत्तानो परेर लडेकी छिन् । उनको आधा शरीर बाटोमा छ भने आधा शरीर कारमा रहेको छ ।

सेतो रंगको टिसर्ट, कालो मिनी स्कर्ट अनि कालो बुट लगाएकी सुरक्षा फूल मेकअपमा देखिएकी छिन् । भुईँमा लडेको ठाउँमा अन्य लुगाहरु पनि छरिएको छ । कारको माथि एउटा सानो टेडि वियर रहेको छ ।

रमाइलो कुरा के छ भने सुरक्षाले आफू कारबाट ढलेको तस्विरमा गायिका शान्ता रानी परियारको पछिल्लो भाइरल गीत ‘म त ढलेँ ढलेँ…’ ब्याकग्राउण्डमा राखेकी छिन् । त्यति मात्र नभएर सुरक्षाले तस्विरको क्यापशनमा यो गीत राख्नु पर्यो भनेर पनि लेखेकी छिन् ।

सुरक्षाको यो तस्विरमा विभिन्न रमाइला किसिमका प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले उनलाई मापसे गरेर गाडि नचलाउन सल्लाह दिएका छन् । त्यस्तै केहिले भने सुन्दर दुर्घटना भनेर पनि प्रतिक्रिया दिएका छन् । अत्यधिकले भने उनको तस्विरमा लभको इमोजी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार