१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड

१० पुष २०८१, बुधबार १३:५७

काठमाडौँ | चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले हालसम्म नेपालबाट ४९ करोड ६८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ५४ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट ४९ करोड ६८ लाख ग्रसकलेक्सन गरेको हो ।

७५ दिनसम्म हलमा रहिरहे करिब ५० करोड ग्रसकलेक्सन गर्ने निर्माता विनोद पौडेलको विश्वास छ । कात्तिक १५ गते लक्ष्मिपूजाका दिनमा रिलिज भएको यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ ।

यो चलचित्रले विदेशमा ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको उनको भनाइ छ । “बाहिरको यकिन डाटा आइसकेको छैन । तर, हालसम्म ३५ करोडभन्दा माथि नै कलेक्सन गरिसकेको छ,” निर्माता पौडेलले भने ।

‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा ४९ करोड ६८ लाख र नेपाल बाहिर ३५ करोडभन्दा माथि ग्रसकलेक्सन गर्दा हालसम्म जम्मा ८५ करोडभन्दा माथि कलेक्सन गरिसकेको छ ।

भारत, कोरियालगायत देशमा यो चलचित्र प्रदर्शन गर्न अझै बाँकी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख लागतमा निर्माण भएको चलचित्र हो ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा विनोद पौडेल, प्याट्रिक सुवेदी निर्माता हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार