भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फ"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कमाउ धन्दामा नेपाल आइडल !’ शुक्रबारको कार्यक्रमपछी दर्शकमा आक्रोश

१६ भाद्र २०७४, शुक्रबार १८:४०

भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फत नेपाल आइडल प्रति 'कमाउ धन्दा' भन्दै नकारात्मक टिप्पणी उठाइएको छ । 

हुनत नेपाल आइडलको बिषयलाई लिएर आजसम्म बिभिन्न टिकाटिप्पणी भएका छन् तर शुक्रबारको कार्यक्रममा निर्णायकहरुको निर्णय भन्दै नाटक गरिएको आरोप लगाईएको छ । यसअघिको कार्यक्रममा बटम ३ को नाम भन्दै राम्रो भोट आउनेलाई 'सेभ' भनिदै आएपनि कार्यक्रमको सुरुवातदेखि नै कम भोट आउनेको नाम गोप्य राखिएको थियो । कार्यक्रमको मध्ये भागमा किन बटम ३ को नाम घोषणा नगरिएको भन्ने स्पष्ट पार्ने प्रयास भएपनि अन्त्यमा निर्णायकहरुको समेत 'नो एलिमीनेसन'को निर्णयले शुक्रबारको नेपाल आइडल आयोजकको नाटक भएको आलोचकहरुको विश्लेषण छ । 

शुक्रबारको कार्यक्रममा एक जना बाहिरिने बताईएको भएपनि चारै जनालाई फाइनल चरणसम्म भोट हाल्न पाउने घोषणा गरेपछि नेपाल आइडललाई कतिपयले भोटनै नहाल्न अपिल समेत गरेका छन् । कार्यक्रमको सुरुवातदेखि नै कसको मत कस्तो आएको छ भन्नेसम्म जानकारी नगराउनु र आजको कार्यक्रमबाट एक जना बाहिरिने भन्दै सुरु गरिएको कार्यक्रममा सबैजनालाई फाइनलसम्म भोट हाल्न पाउने निर्णय गरिनुले नेपाल आइडलले भोट मार्फत अझै 'कमाउ धन्दा' जारी राख्न 'नो एलिमिनेशन' को निर्णय गरिएको हुनसक्ने संकेत देखाएको छ । यसलाई कतिपयले पुर्व निर्धारित डिजाइन भनेका छन् भने कसैले 'कतार जान पैसा नपुगेको' भन्दै तीखो अभिव्यक्ति दिएका छन् । 

सामाजिक संजालमा एक जना प्रयोगकर्ताले नसुती-नसुती नेपाल आइडल हेरेको तर अन्त्यमा निकै खल्लो महशुस भएको प्रतिक्रिया दिएका छन् । त्यस्ता अर्का एक जनाले निर्णायकहरुले आफुलाई मन परेको प्रतिष्पर्धी बाहिरिने थाहा पाएर 'नो एलिमिनेसन' घोषणा गरिएको भन्दै आलोचना गरेका छन् । त्यस्तै अर्की एक जना महिलाले फेसबुक मार्फत ३७ लाख भन्दा बढी जनताले दिएको भोटमा नेपाल आइडलले चलखेल गरेको भन्दै आलोचना गरेकी छन् । यी माथिका केहि प्रतिनिधि प्रतिक्रिया मात्र हुन् । समग्रमा शुक्रबारको कार्यक्रमलगत्तै सामजिक संजालमा देखिएको आक्रोशले नेपाल आइडलले आजसम्म बनाएको छवीलाई ह्वात्तै तल झार्ने स्पष्ट संकेत देखाएको छ । 

नेपाल आइडलले कार्यक्रममा 'नो एलिमिनेसन'को निर्णयले लाखौँ भोटकर्ता जनतामा कस्तो छाप पर्न सक्छ भन्ने नबुझी निर्णय गरिदिँदा दर्शक आक्रोशित भएका छन् । अझै यस बिषयमा सनिबार बिहान देखिनै नेपाल आइडल प्रति दर्शकको कस्तो प्रतिक्रिया आउने हो हेर्न भने बाँकी छ । 

हेर्नुस् कस्ता छन् सामाजिक संजालमा प्रतिक्रिया 











प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान