२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडललाई गाली गर्ने व्यक्ति र अनलाइनको सूचि प्रहरीमा बुझाउने तयारी

१९ भाद्र २०७४, सोमबार ०७:०३


भदौ १९, काठमाडौं । चर्चित नेपाली टेलिभिजन रियाललिटी शो ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गरेको छ । 

अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह गर्दै केही समूह नेपाल आइडल प्रतियोगितालाई नै विवादित बनाउन लागिपरेको नेपाल आइडलले फेसबुकमा लेखेको छ । 

केही दिनदेखि प्रतियोगिता आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्ति, समूह र अनलाइनको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको नेपाल आइडलले जनाएको छ । 

साथै गत शुक्रबार नो इलिमिनेसन डे घोषणा गरिएको कुरालाई लिएर धेरै नै गुनासो आएकोले आउने हप्ताको भोटिङ निःशुल्क बनाउन फ्रिमेन्टल मिडियासँग छलफल भइरहेको जानकारी फेसबुकमार्फत जानकारी दिएको छ । 

नेपाल आइडलको अफिसियल पेजमा राखिएको स्टाटस जस्ताको तस्तै 

१. जे गरिएको छ, शोको नियमको अधीनमा रहि शोको लाईसेन्स दिनेले भनेअनुसार गरिएको छ। अमेरिकन वा ईन्डियन अाईडलमा जे हुन्छ, नेपाल अाईडलमा पनि त्यहि भएकाे हाे।

२. नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा पोष्ट गरेर केही व्यक्तिले स्वयंकै स्तर त जनाएका छन् साथै ती संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका छन । 

३. असन्तुष्टिको पनि तरिका हुन्छ, ईन्टरनेटमा पहुँच छ भन्दैमा समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ।

४. हामी तर्कयुक्त गुनासो अवश्य पनि सुन्नेछौ र त्यसको सम्बोधन पनि गर्नेछौ तर हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी एपिवान चुप लागेर सहेर बस्ने प्रकृतिका व्यक्तिहरुको समूहले गठीत कंपनी अवश्य पनि हैनौ भन्नेतर्फ ती असभ्यहरूको ध्यानाकृष्ट गराउँदछौ। 

५. त्यसैले हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम गरिरहेका छौ र साइबर क्राईम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशितसमेत गर्नेछौ । 

६. अहिले नानाभाती शंका गरि विद्वेस फैलाउने तर भोली आफुले चाहेकै प्रतिस्पर्धी नेपाल आईडल भएको खण्डमा कुन नैतिकताले हो त्यो स्वीकार्ने ? अलिकता पनि हेक्का छ कि छैन? हामी नेपालीले नेपाली कार्यक्रमलाई विवादित बनाई बन्द गराउन लगाएर कुन विदेशी च्यालन र कार्यक्रमलाई सहयोग गर्न खोजेको हो सबैलाई थाहा हुन जरूरी छ । 

७. विदेशी च्यालनलाई कराेडौ तिरेर नेपाल ल्याउने र त्यही च्यानलको त्यस्तै शोमा कराेडौ रुपैयाँ बराबरको भोट हालि केवल नेपाली मूलको कुनै व्यक्तिलाई जिताउँदा उल्लास मनाउने जत्रो उदार ह्दय भएका हामी अाफ्नै होनहार नेपालीलाई भाेट गरे भनेर कोलाहल मचाउने कदापी नेपाली हुन सक्दैनौं।

८. यसरी नेपाली टिभी र शाे बन्द गराई विदेशी च्यालन र शोलाई प्राेत्साहन गर्न लागि परेकाहरुको भीडबाट बचेर नेपाल र नेपाली भाषाका स्तरीय कार्यक्रमलाई माया गर्नुहुन अनुराेध छ।

९. भोटिगंको कुरालाई विवादित बनाएकोले गुनासो भएकाहरुका लागि आउने हप्ता कसरी निशुल्क भोट गर्ने व्यवस्था मिलाउन सकिन्छ भनि फ्रिमेन्टल मिडियासँग छलफल गरेका छौ यसबारेमा थप सूचना छिटै सार्वजनिक गर्नेछौ ।

१०. गतहप्ताको ३७.२० लाख भाेट SMS र Online Voting बाट प्राप्त संख्या हो, SMS बाट मात्र अाएको रकममा ५३% (प्रतिशत) टेलिकम अपरेटर, त्यसपछिको ४०% (प्रतिशत) सर्भिस प्राेभाईडर र बाँकीकाे रकममा फ्रिमेन्टल को ५०% (प्रतिशत) कटाएर करीब १७ लाख रुपैयाँमात्र यस शोलाई प्राप्त भएको हो। SMS भोटिंगको हिसाबकिताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यहि लेखेर समाजमा भ्रम फैलाएर शो बन्द गराउन खाेज्नेहरु अरूनै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुराेध गर्दछौ। 

११. नेपाल आईडल एक व्यवसायिक शो हो, करीब १०० जनशक्तिको डेढ वर्षसम्मको मेहनत यसमा लागेको भएको छ, नेपाली टेलिभिजनमा नयाँपन दिन प्रयासरत केही उत्साहि व्यक्तित्वहरुको करोडौ रुपैयाँ यसमा लगानी भएको छ, त्यो सब निशुल्क कसरी सम्भव छ ? एपिवानको त्यतिको अार्थिक लगानी र शोकै नियमानुसार त्यसमा भोटिंगको माध्यमबाट देशविदेशका नेपाली दर्शकको योगदानबाट केही नेपाली प्रतिभाहरुको जीवन फेरिने कुरालाई नाफाघाटाको व्यापारमात्र भन्न मिल्छ? नबिर्सौ बाढीपीडितका लागि भनेर रू. अाठलाख पनि सहयोग गरिएको छ। 

१२. नेपालमा ३०अौं वर्षदेखि सरकारी र नीजि च्यानलहरु संचालित छन अाजसम्म कसैले पनि यो स्तरको शो नेपाली दर्शकलाई पस्कन नसकेको परिप्रेक्ष्यमा अाफ्नै भाषामा एउटा अन्तर्राष्ट्रियस्तरको शो ल्याउँदा र शोको नियम अनुसार नै गर्दा एपिवानले गलती कहाँ गरेको छ? नेपालमा पनि यो स्तरको भव्य शो बन्नु अवश्य पनि गर्व गर्न लायक काम भएको छ, यो शो ले संसारभरका नेपालीलाई जोडेको छ, परिवार र केही साथीभाइमात्रले चिन्ने यी होनहार प्रतिभाहरु अाज नेपालकै अाईडल बनेका छन् यसमा यतिविघ्न विषवमन किन?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो: स्वास्थ्य मन्त्रालय पोखराको ईन्जिनियरिङ क्याम्पसमा अध्ययनरत एक छात्र क्याम्पस नजिकै मृ-त फेला आज दुई वटा संसदीय समितिको बैठक बस्दै रवि लामिछानेसहित जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने यस्तो रहनेछ आजको मौसम, तराईमा हुस्सु, पहाडमा सफा रहने अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट