२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवा गायक सचिनको ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ सार्वजनिक (भिडियोसहित)

२०७४, १२ पुष बुधबार १५:२९

खोटाङका सञ्चारकर्मी तथा युवा गायक सचिन राईको म्यूजिक भिडियो ‘तिमीलाई देखेपछि प्यार बढ्यो सानु’ बजारमा आएको छ ।

गायक राईले सन्तकुमार राईको गीत र अशोक राईको संगीत समेटिएको म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । वर्तमान युवा पुस्तालाई लक्ष्यीत गर्दै ल्याइएको म्यूजिक भिडियोमा रोजिना राई, हरिचन्द्र राई लगायतले अभिनय गरेका छन् । 

हेरुका लामाको कोरियोग्राफीमा बनेको म्यूजिक भिडियोमा खगेन्द्र पन्धाक लिम्बूको निर्देशन रहेको छ । म्यूजिक भिडियो रेम्बो रेज मिडियाले निर्माण गरेको हो ।


युट्युब मार्फत सार्बजनिक गरिएको म्यूजिक भिडियोलाई हालसम्म करिब १५ हजारले हेरेका छन् । यो समाचार तयार पार्दासम्म भ्युअर संख्या १४ हजार ७ सय ७१ पुगीसकेको छ । 

२०६९ सालमा आयोजित खोटाङ सुगमस्टारको उपाधि विजेता बनेपछि २०७१ सालमा एल्बम सुगमस्टार बजारमा ल्याइसकेका गायक सचिन २०७० सालमा आयोजित नेपाल आइडलका फस्टरनरअपको उपाधि बिजेता हुन् । 

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका गायक राई रुपाकोट रेडियो खोटाङका सञ्चारकर्मी पनि हुन् । केही वर्ष यता राजधानीमा बसेर सांगीतिक क्षेत्रमा क्रियासिल राईले राईले २५÷३० वटा कलेक्सन गीतमा स्वर दिइसकेका छन् । प्रस्तुति: चिसाङ शेर्पा, खोटाङ



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट