२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडल: पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी

२०७४, १७ पुष सोमबार १५:३३

चिसाङ शेर्पा/पुस १७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको पहिलो चरणको अन्तिम अडिसन दिक्तेलमा जारी रहेको छ । 

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुल उद्देश्यका साथमा गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको खोटाङ आईडलको पहिलो चरणको अडिसन मंगलबार सकिने भएको छ ।

आयोजकको निर्धारित कार्यक्रम रुपरेखा अनुसार अडिसन सोमवार सकिने भनिए पनि सदरमुकाम दिक्तेलमा कार्यक्रम व्यवस्थापन र अतिथिहरुको ढिलो उपस्थितीले तोकिएको समयबाट रियालिटी शाको अडिसने शुरु हुन नसक्दा सांगितिक रियालिटी शो खोटाङ आईडलको पहिलो चरणको छनौट प्रक्रिया एक दिन पर सरेको हो । 


परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी चप्लेटी र नगरपालिका तथा गाउँपालिकामा रहेका सहआयोजकको सहकार्यमा आठ गाउँपालिका, दुई नगरपालिका अन्तरगत दिक्तेलको अडिसनमा ७५ जनाले सहभागिता जनाएका छन् । सोमबार ३० जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेका कार्यक्रम संयोजक जिबन कुमार राइले बताउनुभयो । 

बाँकी प्रर्तिस्पर्धीहरुका लागि मंगलबार दश बजेबाट छनौट कार्यक्रम रहेको आयोजकले जनाएको छ । दिक्तेलमा सञ्चालन भईरहेको अडिसनमा गायक पृथ्बी जिम्बा, अटल राई, भक्त बिक र राजन पुर्बेली निर्णयकमा रहेका छन् ।  

रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति