२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबारबाट शुरु, को–को होलान् आउट ?

२०७४, २७ पुष बिहीबार ०६:२८

चिसाङ शेर्पा/पुस २७, खोटाङ । जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो खोटाङ आईडलको दोश्रो अडिसन शुक्रबार हुंदैछ । 

सदरमुकाम दिक्तेलस्थित स्थानिय हेलिप्याडमा हुने रियालिटी शोमा १६८ जनाले आफ्नो प्रतिभा प्रस्तुत गर्ने भएका छन् । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजनाका साथमा सञ्चालित ‘खोटाङ आईडलले नेपाल सहित विदेशमासम्म चर्चा परिचर्चाको बटुलेको छ । आईडलमा बालबालिकादेखी युवायुवती र बयष्कसम्म दोश्रो अडिसनका लागि छनौटमा परेका छन् ।

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शो अन्तरगतको दोश्रो चरण अडिसनका लागि जिल्लाको आठ गाउँपालिका, दुई नगरपालिकाबाट १ सय ६८ जना प्रतियोगीहरु छनौटमा परेका छन् । दोश्रो अडिसनबाट १ सयजना बाहिरिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो ।

दिक्तेल बजारको स्थानिय हेलिप्याडमा सञ्चालन हुने दोश्रो अडिसनका लागि गायक सागर संसार राई, राजेश पुमा राई, भक्त बिक निर्णायकमा रहने आयोजकले जनाएको छ । दोश्रो अडिसनमा सयजना निकालिने भएपछी प्रर्तिष्पर्धीहरु रातादिन अभ्यास गरिरहेका छन् । अधिकांश प्रर्तिष्पर्धीहरु दुई दिनको बाटो हिडेर दिक्तेल आएका छन ।

रियालिटी शोका वजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्राले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट