२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आइडल हेर्न २५ रुपैयाँ तिर्नुपर्ने, मल्टिराउण्डबाट ४० जना आउट हुँदै

२०७४, ६ माघ शनिबार ११:२६

चिसाङ शेर्पा/माघ ६, खोटाङ । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडल’का अबका श्रृङखला हेर्नलाई २५ रुपैयाँ तिर्नुपर्ने भएको छ । 

जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो आईडललाई व्यवस्थित, मर्यादित र वातावरण अनुकुलताका लागि यस्तो नियम बनाईएको हो ।

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको पहिलो, दोश्रो चरणका अडिसन राउण्ड खुल्ला स्थानमा हुंदै आएको र अबका अडिसनहरु समिक्षालय हलमा गरिने भएपछी दर्शकलाई प्रबेशका लागि टिकट सिष्टम बनाईएको हो ।

आगामी सोमबार जिल्ला समन्वय समितिको समिक्षालयहलमा आईडलको मल्टिराउण्ड अडिसन हुंदैछ । अडिसनलाई सभ्य, भव्य र भयरहित बनाउन हलभित्र कार्यक्रम राखिएको कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । दोश्रो राउण्ड पार गरेका ७० जना प्रतियोगीहरुलाई अडिसनमा सामेल गराई मल्टिराउण्डबाट ४० जना निकालिने कार्यक्रम संयोजक राईले बताए । 

माघ ८ गते सोमबार हुने अडिसनका लागि लोकदोहरी गायक अधिराम राई, अटल राई र भक्त बिश्वकर्मा निर्णायकमा रहने आयोजकले जनाएको छ ।

रियालिटी शोका वजेता मध्ये प्रथमे ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । 

वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट