२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र प्रेमगीतका कभरगीत बिजेता राई भन्छन्- ‘प्रेम प्रस्ताव आईरहन्छ तर, एक्सेप्ट गरेको छैन’

२०७४, ६ माघ शनिबार १५:०४

नेपाली संगीत बजारमा युवा गायक सागर संसार राई अहिलेको चर्चित नाम हो । २०६९÷०७० सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगिताका दोश्रो तथा नेपाली चलचित्र प्रेमगीतको कभर गीतका बिजेता तथा प्रेमगीत २ का गायक राई श्रोता र दर्शकका प्रिय कलाकार हुन् ।


खोटाङ रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पा बुवासुङका स्थानिय बासिन्दा तथा पिता ताराधन राई र माता पदम कुमारी राईका कान्छा छोराका रुपमा २०५० साल फागुन ३ गते जन्मनु भएका २४ बर्षिय ठिटो नेपाली संगीत क्षेत्रमा स्वस्र्फुत उजागार भएका होनाहार प्रतिभा हुन् ।

२०६६ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरेका सागरले २०६८ सालमा प्रविणता प्रमाणपत्र तह पास गरेपछि औपचारिक पढाईलाई पुर्णबिराम लगाए । ०६८ सालपछी सुम्निमा कल्चर र चण्डीप्रकाश काफ्लेसँग संगीत कक्षा सिकेकाले उनको पढाईमा पुर्णबिराम लागेको हो ।

जिल्लामा भएको संगीतिक रियालिटी शो खोटाङ जागरणमा टप दश भएर काठमाण्डौ शहर छिरेका उनले २०६९ सालमा रचनाकार गोपाल चन्द्र राईको कता, कता देखेजस्तो, रामधन बेदनाका रचनामा गगनचुम्बी ट्याम्के देख्दा दुई गीत रेर्कडसँगै संगीत नगरीमा प्रबेश गरेका राईले आफुलाई अहिलेसम्म पछाडी फर्केर हेर्नु परेको छैन । 


२०७० सालमा ‘सम्झौता’ नामक सोलो एल्बम बजारमा निकालेका सागर आगामी बैशाखमा पुनः अर्को सोलो एल्बम निकाल्ने तयारी जुटेका छन् । बाल्यकालबाटै गीत गाउने शोख भएका युवा गायक राईले अहिले जसरी विभिन्न स्टेजहरुमा गीत गाउने अबसर भने पाएनन् । उनी कोठा र साथीहरुलाई गीत गाएर सुनाउने गर्दथे ।

संगीतप्रतीको लगाव र झुकावले उनी रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी आधुनिक गीत प्रतियोगितामा दोश्रो, यलम्बर संगीत प्रतियोगिता, सुम्निामा आईडलका बिजेता तथा २०७२ सालमा नेपाली चलचित्र प्रेमगीत टिमले आयोजना गरेको राष्ट्रब्यापी कभरगीत प्रतियोगिताको विजेता हुन् । उनले चलचित्रमा गीत गाउन र नगद १ लाख रुपैयाँ पुरस्कार जिते । अहिले नेपाली चलचित्र प्रेमगीत दुईमा उनको स्वरबद्ध ‘न त हाँस्न नै सक्छु’ गीत चर्चित बनेको छ ।  

सागरका दर्जनौ गीतहरु बजारमा आएका छन् । तिमीलाई मनको कुरा भन्न सकिन, लेखान्तमै, न त हाँस्न नै सक्छु जस्ता उनका चर्चित गीत हो । नेपालको मुख्य–मुख्य शहर ललितपुर, भक्तपुर, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, हेटैडा, धरान, झापा लगायतका शहरमा आफ्नो प्रतिभा शो गरिसकेका सागर हङकङ, मलेशिया पनि पुगेका छन् । 


खोटाङ आईडलको निर्णायक बनेर जिल्ला आएका उनलाई गीतसंगीतका अलवा भ्रमण, डान्स र संगीत एरेन्जमेण्ट गर्न मनपर्ने बताए । संगीत सम्बद्धसंस्था ओरेन्ज नेपाल, अलग अभियानमा आबद्ध सागरले आफ्नो नामको पछाडी ‘संसार’ राख्नु महत्वपुर्ण विषय रहेको र अहिले त्यसको रहस्य खोल्न नमिल्ने बताए । युवा ठिटो जवान हुनुहुन्छ नि प्रेमप्रस्ताव कतीको आउँछ भन्ने प्रश्नमा “आईरहन्छ तर, एक्सेप्ट गरेको छैन अहिलेसम्म सिंगल छु ।” प्रस्तुति: चिसाङ शेर्पा , खोटाङ

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट