३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका हाँस्य कलाकार योगीन टेलिभिजनमा उदाए

९ माघ २०७४, मंगलवार १२:५२

चिसाङ शेर्पा | माघ ९, खोटाङ | खोटाङका नब हाँस्य कलाकार योगिन राई राष्ट्रिय टेली श्रृङखला ‘हाक्का हाक्की’ मार्फत दर्शक र श्रोतामाझ आएका छन् । बिगत लामो समयदेखी राजधानी बसेर नेपाली कलाकारितामा संर्घषशिल, उर्जावान राइ नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार साँझ ७:२५ बजे प्रशारण हुने टेलिसिरियल हाक्का हाक्कीबाट उदाएका हुन् ।


रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका २४ वर्षिय स्थानिय राईले सिरियलमा दुई भाग अभिनय गरीसकेका छन् । ‘हाक्का हाक्की’ को १२८ भागमा उनले रस्साकस्सी गफगाफमा ब्यस्त मानिस भएको ठाउँमा आएर बाँड्ने काम गरेका छन् । साप्ताहिक प्रशारण भईरहेको सिरियलमा आगामी भागमा कस्तो रोल हुन्छ भन्ने टुंगो नलागेपनि अबका भागहरुमा आफ्नो धमकेदार प्रस्तुती रहने कलाकार योगिनले बताए । योगिनले हाक्का–हाक्कीका अलवा ठूलो पर्दाको चलचित्र ‘जय श्री दाम’ साईलेन्स कमेडी मुभि ‘मुखिया’ लगायतमा अभिनय गरीसकेका छन् । उनी पुर्ब सञ्चारकर्मी पनि हुन् ।  

को हुन् योगिन ? 

रुपाकोट मझुवागढी नगरपालिका बाम्राङ तीनका स्थायी वासिन्दा बाबा हर्कराज राई र आमा यशोदा राईको एकमात्र छोरा हुन् योगिन राई । २०५० सालमा जन्मिएका योगिनले २०६५ सालमा सरस्वती माविबाट प्रबेशिका परिक्षा उतिर्ण गरेका हुन् ।


दिक्तेल बहुमुखी क्याम्पसबाट उच्च शिक्षा शुरु गरेका कलाकार योगिनले गाउँ, शहर, विद्धालय, क्याम्पस तथा विविध साँस्कृतिक कार्यक्रममा आफ्नो कला देखाउँथे । आफुमा भएको कलालाई अझै देखाउन आतुर उनले २०७३ सालबाट जिल्लामा काम गरीरहेको एफएम छोडेर कलाकारितामा भविष्य खोज्ने काठमाण्डौ छिरे । 

२४ वर्षिय युवामा भएको जोशजागर देखेर जिल्लामा पनि उनलाई भविष्यका होनाहार कलाकारको उपनाम दिईने गरिन्थ्यो । दिक्तेल बहुमुखी क्याम्पसमा बिए अध्ययनलाई थाँती राखेर दुईवर्ष अगाडी राजधानी छिरेका योगिनले एभरेष्ट फिल्मी एकेडेमी, कान्तीपुर फिल्मी एकेडेमीमा अभिनय सम्बन्धी कोर्ष अध्ययन गरे । अभिनयमा कान्तीपुर फिल्मी एकेडेमीबाट गत कात्र्तिकमा डिप्लोमा कोर्ष सकेका योगिनले साईलेन्स कमेडी मुभि मुखिया, ठूलो पर्दाको चलचित्र ‘जय श्री दाम, बुढासुब्बा म्युजिक सेन्टरले प्रशारण गर्ने वेभ सिरियल ‘वेलकम टु माई होम, काटकुट, अलपत्र जस्ता सिरियल गरेका छन् । भार्याङ नाट्य समुहका संस्थापक तथा कोषाध्यक्षसमेत रहेका योगिन मिलनसार स्वभाबका ब्यक्ति हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ