३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता हमालको साथमा मिस बिश्वकर्मा इन्टरनेशनलको फाइनल मलेसियामा

१४ माघ २०७४, आईतवार ०६:५३

माघ १४, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभालाई अन्तर्राष्ट्रियस्तर सम्म पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको ‘मिस विश्वकर्मा इन्टरनेशल २०७४’ को फाइनल मलेसियामा हुने भएको छ । लामोसयम देखी कतारमा हुने भनिएको फाइनल प्रतियोगीता अन्ततः मलेसियाका लागी तय भएको आयोजक मोनाली इन्टरनेशनलका अध्यक्ष दीपक बराईलीले जानकारी दिए । फाइनल मलेसियाको  जोहोरबारु कोटजे मार्ट हल मा फेब्रुअरी १८ मा हुने बताइएको छ । 


‘यो भन्दा अघि कतारमा फाइनल हुने भनिएको थियो तर जातियबेसको कार्यक्रम कतारमा गर्न नमिल्ने भन्ने कुरा आएपछि हामीले सोहि कार्यक्रम मलेसियामा गर्ने तय गरेका हौं ।’, बराईलीले भने । उनले यो प्रतियोगीताको उद्देश्य विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा अन्तर्रा्ष्ट्रियस्तर सम्म पुर्याउने भएकोले पनि देश बाहिर गर्नुपर्ने बताए । ‘कार्यक्रमको उद्देश्यका अनुसार नै हामीले बाहिर फाइनल कार्यक्रम गर्न लागेका हौं । नत्र नेपालमै गर्न सक्थेऊ ।’, बराइलीले थपे ।

फाइनल कार्यक्रमका लागी टप ८ प्रतियोगीत, कलाकार, आयोजक टिम सहित जम्मा २५ जनाको टोली मलेसिया प्रस्थान गर्दैछ । कार्यक्रमका कलाकारहरुको तर्फबाट अभिनेता राजेश हमाल, मिस नेपाल सुगरिका केसी, गायक हिमाल सागर, नायिका नम्रता सापकोटा, गायक डेबिट शंकर, सुजना ढकाल, रकेश राइ लगायत रहेका छन् । साथै मलेसियामै रहेका नेपालीकलाकाहरुको पनि प्रस्तुती रहने बताइएको छ । 


मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहेको आयोजनक संस्थाका कोषाध्यक्ष रोहन लोहनीले जानकारी दिए । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ