३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलको लोक आधुनिक राउण्डबाट १७ जना छनौट

१७ माघ २०७४, बुधबार ०१:३०

चिसाङ शेर्पा | माघ १७, खोटाङ | बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको लोक आधुनिक राउण्डबाट १७ जना नव गायक तथा गायिका छनौटमा परेका छन् । मल्टिराउण्ड अडिसन पार गरेका २९ जना प्रर्तिस्पर्धीहरुलाई मंगलवार दिक्तेलस्थित समिक्षालय हलमा लोक आधुनिक गीत गाउन लगाएर लोकपप राउण्डका लागि अगाडी ल्याइएको हो । १२ जना बाहिरीएका छन् ।  

‘गला र संगीतको पहिचान नव प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा निखारिएका १७ जना गायक तथा गायिका पांचौ अडिसनमा पर्न सफल भएका हुन् । छनौट हुनेमा अमिता राई लफ्याङ, कञ्चन राई ऐसेलुखर्क, केदार अनुरागी खार्मी, पर्शुराम गजमेर खार्मी, राजन गिरी बुईपा, रोहित चाम्लिङ दिपु्रङ, रोशन लिङदेन पाथेका, रुपेश राई जन्तेढुंगा, सिर्जना राई खाल्ले, सुजता परियार रतन्छा, सुमन राई केपीलासगढी, तेज राई सप्तेश्वर, उमेश राई खार्मी, युवाराज राई नुनथला, ईशारा चेली राई कुभिण्डे, दिपा राई सिम्पानी र संगम राई दोर्पा रहेका छन् ।  


तश्विरमा: प्रर्तिस्पर्धी उमेश राई | तस्विर: चिसाङ शेर्पा 

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको लोक आधुनिक राउण्ड पार गरेका १७ जनाले आगामी माघ २७ गते हने लोकपप राउण्डमा आफ्नो प्रतिभा देखाउनुपर्ने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । १७ जनामा झारिएका प्रतिस्पर्धीलाई चाँडै भोटिङ कोड बितरण गरिने र प्रतिस्पर्धीले भोट माग्न तथा भोटका लागि अरुलाई सहयोग माग्न सकिने संयोजक राईले बताए ।

मंगलबार सम्पन्न लोक आधुनिक राउण्ड गायक तथा संगीतकार भिमसेना राई, पृथी जिम्बा, राजन पुर्बेली र दान बहादुर राईको निर्णयबाट उनीहरुले आईडलको अगाडीको यात्रा तय गरेका हुन् । आगामी २७ गते हुने लोकपप राउण्डबाट ६ जना प्रर्तिस्पर्धी फालिने ब्यवस्थापक दिपेश पायल राईले बताए ।


तश्विरमा: प्रर्तिस्पर्धी तेजु राई  

रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।


तश्विरमा : रोशन लिंग्देन | तश्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ