३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्जला फिल्मको फष्ट लुक रिलिज

१७ माघ २०७४, बुधबार १५:५३

माघ १७, काठमाडौँ | नारी प्रधान चलचित्र ‘निर्जला’ को फष्ट लुक रिलिज गरिएको छ । बुधबार सार्वजनिक गरिएको फिल्मको फष्ट लुकमा तीन शीर्ष कलाकारलाई अटाइएको छ । 

पोष्टरमा किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा फिचर छन् । प्रकाशचन्द्र न्यौपाने निर्मित फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । यो चलचित्र आगामी २०७५ सालको बडादशैंलाई लक्षित गर्दै फूलपातीको दिनदेखि रिलिज गराइने निर्माण स्रोतले जनाएको छ । 

फिल्मका निर्माता प्रकाशचन्द्रले भने, ‘निर्जला फिल्म मार्फत मैले निर्माणमा हात हालेको छु । म एउटा फिल्म बनाएर हराउने मेकर होइन् । मार्केटलाई बिस्तारै बुझ्दैछु । आफ्नो व्यवसाय र फिल्मलाई एकसाथ अगाडि बढाउनेछु ।’ यता निर्देशक गिरीले यस अघिका आफू निर्देशित फिल्म भन्दा ‘निर्जला’ धेरै फरक रहेको बताए । उनले थपे, ‘मलाई जुन ग्ल्यामर फिल्मका नाममा हिरोइन नङ्ग्याएको आरोप लाग्ने गथ्र्यो यो फिल्मबाट मलाई लाग्ने ट्यागमा समेत परिवर्तन हुनेमा म ढुक्क छु ।’ उनले ‘निर्जला’ सामाजिक कथावस्तुमा आधारित रहेको बताए ।


चलचित्रमा किशोर, शुभेच्छा र निक्सको अलवा श्याम राई, पल्पसा डंगोल, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राजकुमार थापा लगायतका कलाकारले अभिनय गरेका छन् । ‘निर्जला’ मा अशोक खड्काको द्धन्द, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ