२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

संगीत, नृत्य र अभिनय सिक्न जिल्ला बाहिर जान नपर्ने, साईनोमा आउनुहोस

२०७४, २१ माघ आईतवार १२:४४

चिसाङ शेर्पा | माघ २१, खोटाङ | जिल्लामा ‘साईनो कला केन्द्र’को स्थापना हुने भएको छ । संगीत, नृत्य र अभिनयजस्ता कला सिक्न जिल्लाबासी बाहिर जान नपरोस भन्ने उद्देश्यले केन्द्रको स्थापना गर्न लागिएकोे हो ।

दिक्तेलमा आगामी फागुन १ गते विधिबत रुपमा उद्घाटन हुने केन्द्रमा संगीत, नृत्य सिकाउने र आगमी दिनमा अभिनय समेत सिक्न सकिने ब्यवस्था रहेको छ । केन्द्रको स्थापनासँगै कला क्षेत्रका शौखिन नयाँ प्रतिभाहरु संगीत, नृत्य र अभिनय सिक्न जिल्ला छोडेर बाहिर जानुपर्ने बाध्यता हट्नेछ । 

हाल जिल्लामा कला र संगीतको पाटोमा लागेकाहरु राजधानी गएर लक्ष्य पुरा गर्नुपर्ने बाध्यता छ । आर्थिक स्थिती कमजोर तर, होनाहार प्रतिभा गाउँमै विलिन हुने भएकाले त्यस्ता प्रतिभाहरु गरिबीकै कारण मर्न नपरोस भन्ने हेतुले प्रमोद श्रेष्ठको अध्यक्षतामा ५ सदस्य समितिद्धारा केन्द्रको स्थापना गर्ने भएको हो । समितिको सचिवमा शुभचन्द्र राई, कोषाध्यक्ष कुसुम आचार्य तथा युनिक साम्पाङ र भक्त बिक सदस्यमा रहेका छन् । 

नेपाली साहित्य, संगीत र अभिनयको मिश्रीत रुपलाई एकरुपता दिन केन्द्रको स्थापना गर्न लागिएको ‘साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । नेपाली गीतसंगीत र साहित्यको क्षेत्रमा खोटाङले थुप्रै हस्तिहरु जन्माई सकेका र जन्माईरहेका छन् । उनले भने, “बिडम्बना, हालसम्म जिल्लामा एउटा पनि आधिकारिक संगीत, नृत्य अभिनय सिकाउने सेन्टर छैन । सोही आधारमा केन्द्रको स्थापना गर्न लागिएको हो ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट