३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हास्य टेलीसृंखला भद्रगोलको प्रसारण अनिश्चित हुनुको कारण रहेछन् धुर्मुस !

२२ माघ २०७४, सोमबार १३:३१

माघ २२, काठमाडौं । आइतबार एकाएक हास्य टेलीसृंखला भद्रगोलको प्रसारण बन्द हुने बिषयमा समाचार भाइरल बन्यो । भद्रगोलका मुख्य कलाकार मध्ये निर्देशक समेत रहेका अर्जुन घिमिरे (पाँडे) ले यस बिषयमा फेसबुकमा स्टाटस लेखेपछी भद्रगोल भित्रको भद्रगोल छरपष्ट भएको हो ।

आखिर चर्चित र दर्शकले औधि रुचाएको हास्य टेलीसृंखला 'भद्रगोल' बन्द गर्नेसम्मको निर्णय किन लिईयो भन्ने बिषयमा भने नयाँ खुलाशा भएको छ । 'भद्रगोल' का दुई निर्देशक कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पांडे) मिडिया हव (भद्रगोल उत्पादन गर्ने संस्था) सँग रुष्ट भएपछी हास्य टेलीसृंखलानै प्रसारणमा अनिश्चितता भएको हो । निर्देशकद्वय रुष्ट बन्नुको कारण रहेछ – धुर्मुसको सिन मिडिया हबले काटिदिनु । 

हास्य टेलिश्रृंखला ‘भद्रगोल’अघिल्लो एपिसोडमा धुर्मुस-सुन्तलीद्वारा नवनिर्मित सन्तपुर बस्तीलाई भद्रगोलमा देखाइएको थियो । जसमा धुर्मुस स्वयमले पनि छोटो अभिनय गरेका थिए । तर धुर्मुसले अभिनय गरेको दृश्य भने मिडिया हबले हटाईदियो । यसै कारण भद्रगोलका निर्देशकहरु मिडिया हबसँग रुष्ट बने । 

भद्रगोलमा सामाजिक अभियन्ताका रुपमा परिचित धुर्मुस – सुन्तलीको कामलाई थप प्रोत्साहन गर्ने उध्यश्यले कार्यक्रम निर्माण गरिएको थियो तर मनोमानी ढंगले धुर्मुसको अभिनय रहेको दृश्य हटाइयो । यही कारण भद्रगोल अब आउने-नआउने भन्ने अनिश्चित बन्न पुग्यो । आइतबार अर्जुन (पाडे) को स्टाटसपछी मिडिया हबलाई 'भद्रगोल बन्द हुने हो ?' भनि प्रतिक्रिया लिँदा मिडिया हबले उनीहरु (पाडे/जिक्री) नभएपनि 'भद्रगोल' बन्द नहुने बताएको थियो ।  

मिडिया हबले धुर्मुससँग दुश्मनी साध्न धुर्मुसको अभिनय सहित नाम समेत काटेको थियो । यस अघिपनि मिडिया हब र उसले संचालन गरेओ कार्यक्रमहरु बिबादित हुने समाचारहरु आएका थिए । मेरीबास्सैको निर्देशक हुँदा देखिकै धुर्मुस र मिडिया हब बीच सम्बन्ध नराम्रो रहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ