सास । माघ २७, बर्दिया ।

बर्दियामै जन्मेर बर्दियाकै माटोमा शिक्षा, संस्कृति र साहित्यलाई जीवनको पाटो बनाएका स्रष्टा प्रभात सुवेदीले भखैरै एउटा मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ २७, बर्दिया ।

बर्दियामै जन्मेर बर्दियाकै माटोमा शिक्षा, संस्कृति र साहित्यलाई जीवनको पाटो बनाएका स्रष्टा प्रभात सुवेदीले भखैरै एउटा मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । 

"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साँच्चिकै भक्कानो फुटाउँछ यो गीतले ! (भिडियो सहित)

२०७४, २७ माघ शनिबार ०७:४३

सास । माघ २७, बर्दिया ।

बर्दियामै जन्मेर बर्दियाकै माटोमा शिक्षा, संस्कृति र साहित्यलाई जीवनको पाटो बनाएका स्रष्टा प्रभात सुवेदीले भखैरै एउटा मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । 


करिब दुई दशकपछि नै यस प्रकारको गीत ल्याएका सुवेदी अब भने निरन्तर रुपमा आम श्रोता तथा दर्शकहरुमाझ विभिन्न स्वादका साङ्गितीक प्रस्तुतीहरु ल्याउने बताए । विशेष गरी सुगम लोकगीतका रुपमा यसपटकको गीतको विषयवस्तु भने फरक रहेको छ । "कसलाई अाफ्नो मानूँ" गीतको मानज जीवनसँग निकै सार्थक अर्थ रहेकाे छ यो गीतमा । काठमाडौं कालिकास्थानस्थित तरङ्ग स्ट्डियोमा रेकर्डिङ्ग गरिएको यो गीतकाे संगीत संयोजन भने बर्दियाकै प्रतिभा रकेश वलीले गरेका हुन् ।

मानिसमा भएको अहमतालाई यस गीतले छर्लङ्ग पारेको छ । धन, सम्पत्ति अनि रुपरङ्गले मानिस आफन्तहरुबाट कसरी टाढिने रहेछ भन्ने कुरा यस गीतमा प्रस्तुत गरिएको छ । आफ्नै रचना, संगीत र स्वरमा रहेको यो गीतले अझ साङ्गितीक उचाइलाई एक ई्रटा भएपनि थप्ने उनको दावी छ । 

आर्थिक कारण र मोफसलमा बसेर सांगितीक काम गर्न निकै गाह्रो भएकाले पनि उनले आफ्नो यो गीतलाई सामान्य अडियोमै एमपी फोर बनाइ आफ्नै व्यक्तिगत च्यानलमार्फत सार्वजनिक गरेका हुन् । यसरी राख्दा पनि देश विदेशबाट निकै राम्रो प्रतिकृया पाएको उनले बताए । 

यस अघि पनि बाचा कसम, पिपलु चौतारी, उज्यालो विहानी, डोको नाम्लो लगायत दर्जनौं गीतहरु गाएर चर्चा कमाइसकेका सुवेदीको अब छिट्टै नै डान्सिङ विटका “माया टोक्नै नमिल्ने” र “पिरतीको किला” आउने जानकारी गराएका छन् । 

हेर्नुहोस् अनि सुन्नुहोस् भिडियो …



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट