३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलको टपटेन छनौट, को–को परे हेर्नुहोस (कसलाई कति भोट ?)

२७ माघ २०७४, शनिबार १५:१५

चिसाङ शेर्पा | माघ २७, खोटाङ | खोटाङ आईडलको पाँचौ अडिसनबाट टपटेन छनौट भएको छ । जिल्लाभित्रका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको पाँचौ लोकपप अडिसनबाट शनिबार दशजना छैठौ अडिसनका लागि छनौटमा परेका हुन् ।

गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलले २ नगरपालिका र आठ गाउँपालिकामा पुस १७ गतेसम्म पहिलो चरणको अडिसन गराएर ५ सय ५० जना जम्मागरी पाँचौ चरण अडिसन सकिंदा दशजना छानिएको हो ।

छनौटमा सुजाता परियार रतन्छा, अमिता राई लफ्याङ, उमेश राई खार्मी, रोहित चाम्लिङ छोरम्बु, केदार अनुरागी खार्मी, सुमन राई खार्ताम्छा, राजन गिरी बुईपा, तेज राई सप्तेश्वर, दिपा राई सिम्पानी, सिर्जना राई खाल्ले रहेका छन् ।

उत्कृष्ट दश प्रर्तिस्पर्धीहरु ७० प्रतिशत निर्णायकको निर्णय र ३० प्रतिशत भोटका आधारमा अगाडी आएका हुन् । उनीहरु गायिका पार्बती राई, हेम बिक्रम राई र भलकाजी राईको जजमेनबाट छनौटमा परेका हुन् ।  

उत्कृष्ट दशसहित दुईजनालाई पनि सँगै अगाडी ल्याइएको छ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी ११ बर्षिय कञ्चन राई र रावाबेंशी गाउँपालिका–१ कुभिण्डेकी ईशारा चेली राईलाई अगाडी ल्याईएको हो । उनीहरु दुईलाई भोटिङमा नराखिने र कार्यक्रमको अन्तिममा दश हजार बराबरको सम्मान गरिने शर्तमा अगाडी ल्याईएको कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । 

‘गला र संगीतको पहिचान नवप्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मुलमन्त्रका साथमा आयोजित आईडलमा निखारिएका दशजना गायक तथा गायिकालाई फागुन १२ गतेको छैठौ अडिसनबाट टप फाईभमा झारिने संयोजक राईले बताए । प्रतियोगीले छैठौ राउण्डमा पुर्बेली भाका र स्वदेश गान गाउनुपर्ने परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीले जनाएको छ । 

रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

टपटेनमा कसको कती भोट आएको थियो हेर्नुहोस

सुजाता परियार रतन्छा २६८, अमिता राई लफ्याङ १ हजार ३ सय ३३, उमेश राई खार्मी ३६०, रोहित चाम्लिङ छोरम्बु २६८, केदार अनुरागी खार्मी २८६, सुमन राई खार्ताम्छा ६ हजार ६६, राजन गिरी बुईपा १ हजार ८ सय ४०, तेज राई सप्तेश्वर ४८२, दिपा राई सिम्पानी २ हजार ९ सय ३३, सिर्जना राई खाल्ले २ हजार ९ सय ३३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ