२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलमा उत्कृष्ट १२ जना

२०७४, ४ फाल्गुन शुक्रबार १५:३९

चिसाङ शेर्पा | फागुन ४, खोटाङ | सर्वाधिक चर्चामा रहेको खोटाङ आईडलको टप टेनलाई उत्कृष्ट १२ बनाईएको छ । परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले आयोजना गरिरहेको आईडलको आगामी छैठौ राउण्ड प्रर्तिस्पर्धाका लागि उत्कृष्ट १२ बनाईएको हो ।

गत माघ २७ गते भएको पाँचौ अडिसनबाट टपटेन छनोट गरिए पनि बाल प्रतिभाको कदर गर्दै वेलकार्डबाट दुईजना थप गरेर १२ जना पुर्याईएको हो । जिल्लाभित्रका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको छैठौ अडिसनका लागि ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी ११ बर्षिय कञ्चन राई र रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका १० बर्षिय ईशारा चेली राईलाई अगाडी ल्याईएको कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । 

गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलले २ नगरपालिका र आठ गाउँपालिकामा पुस १७ गतेसम्म पहिलो चरणको अडिसन गराएर ५ सय ५० जना जम्मागरी पाँचौ अडिसन सकेर छैठौ चरण अडिसनमा बाह्रजनालाई छानेको हो ।

आगामी फागुन १२ गते हुने छैठौ राउण्डमा निर्णायकको ६० प्रतिशत र ४० प्रतिशत भोटिङको आधारमा निर्णाय गरिने संयोजक राईले बताए । राईका अनुसार १२ जना सहभागीलाई पहिला नै सम्झौता गरी आईडलको अगाडी राउण्डमा लगिने छ ।

छैटौं राउण्ड पार गर्ने टप फाईभलाई ५ गाउँपालिका भोट अपिलका लागि आयोजकको साथमा लगिने आयोजकले जनाएको छ । कञ्चन र ईशारासँगै सांगितिक रियालिटी शो आईडलमा सुजाता परियार रतन्छा, अमिता राई लफ्याङ, उमेश राई खार्मी, रोहित चाम्लिङ छोरम्बु, केदार अनुरागी खार्मी, सुमन राई खार्ताम्छा, राजन गिरी बुईपा, तेज राई सप्तेश्वर, दिपा राई सिम्पानी, सिर्जना राई छैठौ राउण्डमा घम्साघम्सी गर्नेछ ।

रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति