३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलमा उत्कृष्ट १२ जना

४ फाल्गुन २०७४, शुक्रबार १५:३९

चिसाङ शेर्पा | फागुन ४, खोटाङ | सर्वाधिक चर्चामा रहेको खोटाङ आईडलको टप टेनलाई उत्कृष्ट १२ बनाईएको छ । परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका राजापानीले आयोजना गरिरहेको आईडलको आगामी छैठौ राउण्ड प्रर्तिस्पर्धाका लागि उत्कृष्ट १२ बनाईएको हो ।

गत माघ २७ गते भएको पाँचौ अडिसनबाट टपटेन छनोट गरिए पनि बाल प्रतिभाको कदर गर्दै वेलकार्डबाट दुईजना थप गरेर १२ जना पुर्याईएको हो । जिल्लाभित्रका कुनाकाप्चामा लुकेर रहेका प्रतिभालाई बाहिर उजागर गर्दै सञ्चालित आईडलको छैठौ अडिसनका लागि ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलकी ११ बर्षिय कञ्चन राई र रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका १० बर्षिय ईशारा चेली राईलाई अगाडी ल्याईएको कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । 

गत मंसिर २३ गते साकेला गाउँपालिका रतन्छाबाट शुरु भएको आईडलले २ नगरपालिका र आठ गाउँपालिकामा पुस १७ गतेसम्म पहिलो चरणको अडिसन गराएर ५ सय ५० जना जम्मागरी पाँचौ अडिसन सकेर छैठौ चरण अडिसनमा बाह्रजनालाई छानेको हो ।

आगामी फागुन १२ गते हुने छैठौ राउण्डमा निर्णायकको ६० प्रतिशत र ४० प्रतिशत भोटिङको आधारमा निर्णाय गरिने संयोजक राईले बताए । राईका अनुसार १२ जना सहभागीलाई पहिला नै सम्झौता गरी आईडलको अगाडी राउण्डमा लगिने छ ।

छैटौं राउण्ड पार गर्ने टप फाईभलाई ५ गाउँपालिका भोट अपिलका लागि आयोजकको साथमा लगिने आयोजकले जनाएको छ । कञ्चन र ईशारासँगै सांगितिक रियालिटी शो आईडलमा सुजाता परियार रतन्छा, अमिता राई लफ्याङ, उमेश राई खार्मी, रोहित चाम्लिङ छोरम्बु, केदार अनुरागी खार्मी, सुमन राई खार्ताम्छा, राजन गिरी बुईपा, तेज राई सप्तेश्वर, दिपा राई सिम्पानी, सिर्जना राई छैठौ राउण्डमा घम्साघम्सी गर्नेछ ।

रियालिटी शोका विजेता मध्ये प्रथमले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ