माझकिरातको वसोवास रहेको खोटाङलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माझकिरातको वसोवास रहेको खोटाङलाई "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

किरात राई संस्कृतीमा आधारित चलचित्र ‘सायाबुङ’को च्यारीटी शो दिक्तेलमा हुने

२०७४, ७ फाल्गुन सोमबार १५:१५

चिसाङ शेर्पा/फागुन ७, खोटाङ । दिक्तेलमा किरात राई संस्कृतीमा आधारित चलचित्र सायाबुङ (शिरफुल)को च्यारिटी शो हुने भएको छ । 


माझकिरातको वसोवास रहेको खोटाङलाई लक्षित गर्दै राई परम्परा, संस्कार, संस्कृती उत्थानका लागि सायाबुङको च्यारिटी शो गर्न लागिएको हो ।

आगामी फागनु २६ गते सदरमुकाम दिक्तेलस्थित मुभिलेण्ड हाईभिजन हलमा सामान्य कार्यक्रमका साथमा न्युन शुल्कमा दिउँसो १ बजेदेखी ३ बजेसम्म ‘सायाबुङ’ चलचित्र देखाईने कार्यक्रम संयोजक भीम राईले बताउनुभयो ।

चलचित्रमा किराती संस्कृतीमा केटी माग्न जाँदाका बिषय, माइती पक्षले चेलीलाई गरिने बिदाई, किराती संस्कारमा प्रयोग गरिने पुर्खौली सामाग्री लगायतको बिषय समेटिएको तातिम ईन्टरटेण्टमेन्ट प्रालिका फाउण्डर तथा चलचित्रका निर्माता भुवन राई (तातिम)ले बताए । उनले भने, ‘मुलतः चलचित्र शो गर्नुको उद्देश्य लोप हुंदै गएको किराती संस्कृतीको जर्गेना गर्नु हो ।’

साया राईको कथा, भगीराज राईको लेखन/निर्देशन, भुवन राई (तातिम)को निर्माण तथा ईष्ट क्रियसन प्रालिको ब्यानरमा निर्मित २ घण्टा लामो चलचित्रमा मदन दुमी, निशा राई, सगुन सुशारा, राजन पल राई लगायतको अभिनय रहेको छ । 

प्रदेश नम्बर १ को १४ वटा जिल्लामा च्यारिटो शो सकिएपछी मात्रै हलमा चलचित्र प्रर्दशन गरिने निर्माता राईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट