३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार

२ चैत्र २०७४, शुक्रबार ०५:१८

चिसाङ शेर्पा | चैत्र २, खोटाङ | चर्चित सांगीतिक रियालिटी खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार हुने भएको छ । फाईनल अडिसनका लागि छैठौ अडिसनबाट छनौटमा परेका उत्कृष्ट ५ जनाले कलाको माध्यमबाट घम्साघम्सी गर्दैछन् । खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २३ बर्षिय अमिता राइ, केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका १८ बर्षिय सुमन राई, दिप्रङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ बर्षिय रोहित चाम्लिङ र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका १६ बर्षिय तेज राई ग्राण्ड फिनालेमा जम्ने भएका हुन् । 

‘गला र कलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले गत मंसिर २३ बाट शुरु गरेको आईडलको फाईनल अडिसनबाट पहिलो अर्थात खोटाङ आईडलले ५४ हजार ५ सय चौहत्तरका साथमा २१ हजार बराबरको मोटोरोला मोवाईल फोन, ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ गर्न पाउने कार्यक्रम संयोजक जिबन कुमार राईले बताए ।

दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ । पुरस्कारहरु बिदेशमा बसोबास गर्ने  खोटाङगेबाट जुटेको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती उच्च माविको प्राङगणमा हुने ग्राण्ड फिनालेका लागि गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक तथा सुंगीतकार भीमसेना राई जजमेन रहने आयोजकले जनाएको छ । 

आयोजकका अनुसार सातौ चरणसँगै समापन हुने आईडलमा नेपाल आईडल टप आठ उल्सन श्रेष्ठ, गायक रेवत राई, गायक आशिष ताम्राकारको बेजोड प्रस्तुती रहने जानकारी दिएको छ । आईडललाई सभ्य, भव्य र शान्तमय बनाउन ३०० रुपैयाँ टिकट सिष्टम राखिएको आयोजकको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ