२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा ‘तिर्खाकी पानी’

४ चैत्र २०७४, आईतवार १६:३६

प्रकाश बम | चैत ४, डोटी  | सुगम संगीत क्षेत्रमा झन्डै तिन दशकदेखि काम गरिहेका दिवाकर शर्माले नयाँ एल्बम ‘तिर्खाकी पानी’ का गीतहरु डोटीमा पनि सार्वजनिक गरेका छन् । आईतबार नेपाल पत्रकार महासंघ डोटी शाखाको सभाकक्षमा डोटीमा क्रियाशिल पत्रकारहरुका बीचमा एल्बमका गीतका बारेमा जानकारी गराएका हुन् ।


बरिष्ठ संगीतकार बुलु मुकारुङको उपस्थितिमा जिल्लामा क्रियासिल पत्रकारहरुका बीचमा गायक शर्माले प्रत्यक्ष गाएर सार्बजनिक गर्नुभएको हो । सार्वजनिक कार्यक्रममा बरिष्ठ संगीतकार मुकारुङले गायक शर्माले तिर्खाकी पानी एल्बम मार्फत नेपाली सुगम संगीतको समकालीन र मौलिक धार नछाडेको बताउनुभयो । अहिलेको अबस्थामा पनि गायक शर्माको गायकीमा भक्तराज आचार्यको झल्को पाईने बताउदै जीवन्त र सदाबहार शैली प्रस्तुत भएको बताउनुभयो । यद्यपि, आचार्यको प्रतिछाया भने नभएको बताउनु भयो ।

२०५४ सालदेखि रेडियो नेपालमा कार्यरत गायक शर्माले आफूले एल्बममा सकेसम्म नेपाली सुगम संगीतका क्षेत्रमा गीत बिकाउभन्दा टिकाउलाई अँगाल्दै अगाढी बढेको बताउनुभयो । संखुवासभा चैनपुर घर भएका गाएक शर्माले स्वदेशगान, आधुनिक, भजन लगायतका पाँच दर्जन गीत गाई सकेका छन् । ‘तिर्खाकी पानी’ एल्वम एक वर्ष लगाएर अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका दिन काठमाडौँमा एक कार्यक्रमका बीच बिमोचन गरेको शर्माले बताउनु भयो । उक्त एल्बममा ‘तिर्खाकी पानी……’ ‘रुदै काखमा…. ’ ‘मैले बसाई सरेपछि……’ ‘उसको नजरमा… ’ र ‘अब मायाको कुरा…’ गीतहरु रहेका छन् । यी गीतहरुमा  शर्माको एकल स्वर रहेको छ । 


एल्बममा राष्ट्रकवि माधब घिमिरे, गीतकार तथा कविहरु डा. नवराज लम्साल, सुवासचन्द्र ढुंगेल र गोविन्द कुईकेलद्वारा रचित गीतहरु रहेका छन् । जसमा बुलु मुकारुङ, शक्ति बल्लभ र राजु सिँहले संगीत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु