२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमान खान बने ‘कैदी नम्वर १०६’ डुब्ने भयो बलिउडको साढे ६ अर्व ! (फोटो फिचर)

२०७४, २२ चैत्र बिहीबार १८:०१

चैत २२, काठमाडौँ | बलिउड स्टार अभिनेता सलमान खान जेल परेका छन्,उनलाई जोधपुर स्थित भारतकै सबैभन्दा सुरक्षित जेल मध्ये एक जोधपुर जेल पुगेका छन् । यस जेलमा चौथो पटक पुगेका सलमान कैदी नंबर 106 बनाइएको छ । उनलाई वार्ड नंबर २ को एउटा कोठामा एक्लै राखिएको छ ।


अर्को महत्वपूर्ण प्रसंग छ, व्यस्त नायक जेल परेपछि बलिउडको कति डुब्ला ? सलमान ५ बर्षनै जेल बस्ने हो भने बिशेष गरि सलमानले सुटिङ गरिरहेका फिल्महरु प्रभावित हुनेछन् |

जोधपुर कोर्टले कृष्णसार मारेको मुद्धामा वलिउड सुपरस्टार सलमान खानलाई दोषी मान्दै पांच बर्षसम्म कैद सजाय सुनाए पछी बलिउड दुनिया र सलमानका करोडौं फ्यान तनावमा छन् | सलमान १०६ नम्बरको कैदीको रुपमा जेल परेका छन् | उनलाई जेल हाले पछि बलिउडको करोडौं  नोक्सान हुन सक्ने देखिएको छ | 


१९९९ मा आएको फिल्म "हम साथ साथ हैं" को सुटिंगको क्रममा कृष्णसार मारेको आरोपमा सलमानलाई दोषी मानिएको थियो | 

सुपरस्टार सलमान खान माथि वलिउडको करिव ४०० करोड अर्थात नेपाली ६ अर्व ४० करोडको दाऊ लागेको छ | यदी केहि महिनामा सलमान जेलबाट छुटेनन् र उनलाई ५ बर्षनै जेल हालियो भने बलिउडमा उनको कारण ठूलो नोक्सान व्यहोर्नुपर्ने हुन्छ | 

अहिले सलमान खानको फिल्म 'रेस 3' को शूटिंग जारी छ | सलमान खानको मुख्य भूमिका रहेको यो फिल्मको बजेट १५० करोड आइसी हो | यो फिल्मको शूटिंग पुरा भएको छैन | सलमान खानलाई पुरा सजाय हुँदा यो प्रोजेक्ट बिचैमा रोकिन सक्ने देखिएको छ | जसको कारण प्रोड्यूसरहरुको ठूलो रकम फस्ने देखिन्छ | 


त्यस्तै दबंग-3 को 100 करोड आइसी बजेट पनि फस्ने देखिन्छ | 'दबंग' सिरीजको तेश्रो पार्ट 'दबंग 3' को शुटिंग पनि छिट्टै शुरू हुँदैछ | यो फिल्मको यस अघिका दुवै सिरिजमा सलमान खान र सोनाक्षी सिन्हाले भूमिका निभाएका थिए र तेश्रो पार्ट मा पनि सलमान खाननै देख्न सकिनेछ | 

त्यस्तै फिल्म ट्रेड समीक्षक अमोद मेहराको अनुसार 'रेस 3' को अलावा उनकी बाकी फिल्म जस्तै "दबंग 3", "किक 2" र "भारत" मा लागायत कुनै फिल्म सुटिंग नभएको अवस्थामा सलमान खानको कारण ति फिल्म सुटिंग नै नहुने देखिएको छ | तर ति फिल्मको पनि सुटिंग सुरु हुनु अघि नै प्री-प्रोडक्शनको काम शुरू भईसकेको छ, जिसमा कम्तिमा १०० करोड लागिसकेको छ |


त्यस्तै सलमान खानको कारण फिल्म मात्र नभई टेलिभिजन रियलिटी शो पनि प्रभावित हुँदैछ | उनि १० बर्ष पछि फेरी 'दस का दम' लिएर आउंदैथिए | यस गेम शो को प्रोमो समेत सार्वजनिक भईसकेको छ | यो शो छिट्टै शुरू हुँदैछ | यस बिषयमा अमोद मेहरा भन्छन, "दस का दम-2" शोको लागि च्यानलमा निकै खर्च समेत पहिलेनै भईसकेको छ | यदी उनि ५ बर्षनै जेल परे भने बलिउडलाई त असर गर्छ  नै साथै उनको करियरमा पनि ठूलो नोक्सान पुग्ने देखिन्छ |"

यसको साथै सलमान खानले टिभी शो बिग बोसमा होस्टको भूमिका निभाएका थिए | अब त्यो शो समेत प्रभावित हुँदैछ | 

सलमान खान त्यस्ता सुपरस्टार मध्ये एक हुन् जसले भारतको  वलिउड उद्योगका ठूलो प्रभाव पार्छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति