२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमानलाई जेलमा खान दिईयो रोटीसँग बन्दा र दाल, नखाईकन भोकै सुते

२०७४, २३ चैत्र शुक्रबार १०:१९

चैत २३, काठमाडौँ | भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाएकै दिन सलमान शुक्रबार जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । 

सलमान कैदी नं १०६ को रुपमा आज पनि जेलमै रहने पक्का भएको छ । आज बेल मिल्ने वा जेलमै बस्नुपर्ने भन्ने निर्णय हुन नसक्दा आज पनि उनि जेलमै बस्नु पर्ने भएको हो । शुक्रबार बेलुका सलमानलाई खानाको लागि बन्दा र दाल दिईएको थियो तर उनले नखाएर भोकै सुतेका छन् । 

- जेल डीआईजीले बताए अनुसार जेल नियम अनुसार सलमान खानलाई रोटी, बन्दाको तरकारी र चनाको दाल खान दिईएको थियो, तर उनले उक्त खाना नखाई भोकै सुतेका छन् ।

- सलमानको तर्फबाट अहिलेसम्म कुनै माग आएको छैन । उनको बडीगार्ड शेराले सलमानको लागि केहि कपडा र खाना लिएर आएका थिए तर उक्त नाश्ता पनि सलमानले फिर्ता गरे । 

- जेलमा सलमानलाई एउटा छुट्टै कोठामा एक्लै राखिएको छ । 

- यस जेलमा केहि कुख्यात गुण्डाहरु थुनिएका छन्, जसको कारण सलमानलाई खतरा हुन सक्छ । यसै बिषयलाई ध्यान दिंदै सलमानको सुरक्षामा विशेष ध्यान दिईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति