३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निसन्तानको कथामा बन्ने भयो प्रसाद, नम्रता–बिपिनको जोडी बाधिने

२६ चैत्र २०७४, सोमबार १५:००

चैत, काठमाडौं । दिनेश राउत निर्देशकी नयाँ चलचित्र ‘प्रसाद’ बन्ने भएको छ । अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलाई जोडी बनाएर चलचित्र निर्माण गर्न लागिएको सोमबार राजधानीमा आयोजीत कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा चलचित्र निर्माणको घोषणा सँगै ‘थेम’ पोष्टर सार्वजनिक गरियो । कार्यक्रममा चलचित्रको टीम चिनाइएको थियो । 

सुभाष थापा निर्माता रहेको यो चलचित्रको कथा रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् । कार्यक्रममा बोल्दै निर्देशक राउतले भिन्न कथामा चलचित्र निर्माण गर्न लागेको बताए । प्रेम कथाको चलचित्र धेरै बनाउँदै आएको अनुभवसँग प्रेमसँगै चलचित्रमा पारिवारिक द्धन्द्ध देख्न पाइने उनले बताए । ‘यो भन्दा अघि प्रेमकथाका चलचित्र हेर्दै आउनुभएका दर्शकका लागी त्यस्तो पुरै फरक नै छत भन्दिन तर फरक कथामा प्रेमसँगै पारिवारीक द्धन्द्ध पाउनुहुनेछ’, निर्देशक राउतले भने । यस्तै उनले निसन्तान परिवारको कथामा चलचित्र घुम्ने बताए । चलचित्रमा रुवाउने र हँसाउने कम हुनसक्ने उनको भनाई छ । ‘चलचित्रले रुवाउने र हँसाउने नगरेपनि केहि सोच्नभने बाध्य बनाउँछ’, उनी भन्छन् ।


अभिनेत्री नम्रताले आफुँ बिवाहित महिलाको भूमिकामा चलचित्रमा देखिने बताइन् । उनले बिगत १ बर्षदेखीनै यस चलचित्रको टीमसँग गाँसिएको र कथा निकै मन परेकोले इच्छुक भएको बताइन् । यस्तै अभिनेता बिपिनले राम्रो चलचित्र निर्माण गर्ने टीमसँग आफुले काम गर्न पाउँदा खुसी लागेको बताए । 

चलचित्रलाई राजेश श्रेष्ठले खिच्नेछन् भने सुभाष थापा यो चलचित्रको निर्माता हुन् । चलचित्रमा नवीन मानन्धरको पनि प्रमुख भूमिका छ । कोशिस क्षेत्री र सुवास भुषालको चलचित्र संगीत रहनेछ ।  चलचित्र टीम आउँदो बैशाखको अन्तिमसाताबाट छायांकनमा निस्कने बताइयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ