२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउदै

२०७५, २६ बैशाख बुधबार ०६:३२

विजय थापा/वैशाख २३ अमेरिका | गायक सुगम पोखरेल दुई महिने संगीत यात्रामा अमेरिका आउने भएका छन् । पप गीत मार्फत उदाएका पोखरेल नेपाली सांगीतिक आकाशमा एक सफल गायक मानिन्छन्। 

नेपाली श्रोताहरु उनका गीत सुन्न लालायित हुन्छन् भने उनलाई १ एमबि (वान म्यान ब्याण्ड )भनेर पनि चिनिन्छ । सुगम पोखरेल युएस यात्रा २०१८ नामक कार्यक्रमको लागि उनि आउने भएका हुन् । 

उनि संगतिकार ,रचनाकार तथा रेडियो जोकि (प्रस्तोता ) पनि हुन् । पछिल्लो समयमा उनि नेपाली चलचित्रका गीतहरुमा पनि जम्न सफल भएका छन् ।

मेरो संसार नामक गीत बाट दुई दशक अगाडी सांगीतिक दुनियामा प्रवेश गरेका सुगम मे र जुन महिना को लागि अमेरिका यात्रामा रहने छन् । अमेरिकाका विभिन्न २५ राज्यहरु भन्दा बढ्ता उनको प्रस्तुति हुने छ भनि आयोजकले बताएका छन् ।

उनले दुई महिना को अवधि भित्र २५ वटा प्रदर्शन गर्ने सम्भवत पहिलो गायक बन्ने अवसर पनि प्राप्त गर्ने छन् । 

उनको पहिलो प्रस्तुति अमेरिकाको सन एन्टीनो मा मे १२ तारिख बाट सुरु भै जुलाई १२ तारिखम टेनेसीको न्यास्भिलमा अन्तिम प्रस्तुति हुने छ । 

अमेरिकामा उनको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट३ फिल्मस् को सहयोगमा ल्याएको हो । आधिकारिक संचार सहयात्री(मिडिया पार्टनर )  ईनेप्लिज रहेको छ । 

बिस्तृत जानकारी को लागि फ्युजन इन्टर नेसनल को ईमेल  [email protected] मार्फत सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति