२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करोड क्लवमा कार्टुन्ज क्रुका सरोज ओलीलाई ह्याट्रिक (भिडियोसहित)

२०७५, ३ जेष्ठ बिहीबार ०९:५५

जेठ ३ काठमाण्डौ | गायक सरोज ओलीले करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनले गाएका तीनओटा आधुनिक गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिएको हो । यसअघि गायक ओलीको ‘तिमीलाई देखेपछि आई लभ यु’ र ‘माछीले खाने खोलीको लेउ’ बोलका गीतहरु युट्युबमा १ करोडभन्दा धेरैपटक हेरिसकिएको थियो । 

लै उनले गाएको ‘जता जता पिरतीको बाटो’ बोलको गीतले पनि युट्युबमा १ करोड भ्यु बटुलेको छ । यो सँगै गायक ओली नेपाली आधुनिक गीत अन्तर्गत युट्युबमा लगातार तीन वटै गीतमा करोड भ्यु पाउने पहिलो गायक भएका छन् । यसअघि कुनै पनि आधुनिक गायकहरुका तीन ओटै गीतहरुले लगातार करोड भ्यु पाएका थिएनन् । नेपाली आधुनिक गीतको क्षेत्रमा करोड क्लबमा ह्याट्रिक गरेर सरोज ओलीले नयाँ रेकर्ड बनाएका छन् । 

सरोज ओलीले गायका तिन वटै गीतलाई चर्चित संगीतकार बसन्त सापकोटाले संगीत दिएका छन् । साथै तीन वटै गीत दिनेश थपलियाले लेखेका हुन् । साथै संगीतकार र गीतकारको रुपमा बसन्त सापकोटा र दिनेश थपलियाले पनि आधुनिक गीतको करोड क्लबमा ह्याट्रिक गरेका छन् । गायक सरोज ओलीले आफ्नो तीनओटै गीतहरु करोड भ्यु पुगेको अवसरमा बिहिवार पत्रकार भेटघाटको आयोजना गरेका थिए । कार्यक्रममा कार्टुन्ज क्रुका सदस्यहरुको उपस्थिती रहेको थियो ।

ओलीका करोड पुगेका तीन ओटा गीत मध्ये दुई ओटा गीतमा कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको थियो । साथै संगीतकार सापकोटा र गीतकार थपलियाको सहकार्यमा गायक ओलीले फेरि नयाँ गीतको घोषणा गरेका छन् । ‘पानी कुवाको’ बोलको नयाँ गीतमा पनि कार्टुन्ज क्रुले नै अभिनय गर्ने पक्का भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति