२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

चर्चित सल्यानी गायक भरत परियारले ल्याए ‘तिम्रै तस्विर आँखैमा झलल’ (भिडियोसहित)

२०७५, ४ जेष्ठ शुक्रबार ०९:५२

जेठ ४, काठमाडौँ । सल्यानी लोकदोहोरी गायक भरत परियारले नयाँ लोकदोहारी गीत सार्वजनिक गरेका छन् । 

‘तिम्रै तस्विर आँखैमा झलल…’ बोलको मौलिक लोकदोहोरी गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । गीतमा भरत परियार र रिता के.सी.को स्वर रहेको छ । यो गीतको शब्द, संगीत धनराज वास्तविकको रहेको छ । गीतको एरेन्ज सुरेश शाहीले गरेका हुन् ।

शंकर विसीको निर्देशनमा यो डान्सिङ नम्बरको गीतको म्यूजिक भिडियो तयार गरिएको छ । भिडियोमा शंकर विसी र रिना थापा मगरले अभिनय गरेका छन् । दुर्गा पौडेलले खिचेका दृश्यलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

गीतमा कर्णाली र राप्तीको वर्णन गरिएको छ । गीतले भौगोलिक मौलिकता पनि बोकेको छ । गायक भरत परियार भन्छन्, ‘पछिल्लो समय मौलिक लोकदोहोरी हराउँदै गएकोको अवस्थामा यो गीत तयार गर्ने जमर्को गरेँ ।’ 

उनले विकट कर्णालीको केटी र राप्तीको केटाबीचमा प्रेम भए पनि भेटघाट हुन नसकेको विषयमा केन्द्रित भएर गीत तयार भएको बताए । मौलिक गीत खोज्ने श्रोताहरुलाई यो गीत मन पर्ने अपेक्षा पनि भरतले गरेका छन् । 

अहिले नेपाली गीत, संगीतको मौलिकता देखाउन धेरै महङ्गो भएको तर दर्शकसम्म पुग्दा सस्तो भएको उनले गुनासो गरे । मौलिकता बेचेर बाँच्ने अवस्था नभए पनि लोकगीत, लोकसंगीत र नेपाली पन हराउन दिनु हुँदैन भन्ने सोचेर यो गीत तयार पारेको उनी बताउँछन् ।

भरतको यो तेस्रो गीत हो । उनले यसअघि ‘हर खुसी दिन्छु तिमीलाई…’ र ‘आकाशैमा जुन र तारा…’ जस्ता लोकदोहोरी गीत सार्वजनिक गरिसकेका छन् । विगत पाँच वर्षदेखि नेपाली गीत संगीतमा लागेका भरत यो पेशालाई आगामि दिनमा पनि निरन्तरता दिने बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति