३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिसेस तामाङ २०१८ को ताज पाल्साङ तामाङलाई

११ जेष्ठ २०७५, शुक्रबार १६:४२

जेठ ११, काठमाडौँ | मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को ग्राण्ड फिनालेमा फस्ट रनरअप निरु थिङ तामाङ, सेकेन्ड रनर अप पेमा तामाङ, थर्ड रनरअप सुनिता तामाङ र फोर्थ रनरअप सञ्जिता ङार्थेन तामाङ भएकी थिइन । उनीहरूले क्रमश नगद ५०, ३५ र २५ हजार जितेका छन् । राजधानीको राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न तामाङ्ग समुदायका विबाहित महिलाहरुको लागि आयोजित सौन्दर्य प्रतियोगीतामा फस्ट रनरले बेष्ट एक्टिभ, थर्ड रनरका सुनिता तामाङ्गले बेष्ट फोटोजेनिक र फेसबुक च्वाईसमा सब टाइटल जितेकी थिइन भने फोर्थ रनरका सञ्जिताले पपुलर च्वाइस र बेष्ट ब्युटी हेयरका सबटाइटल जितेकी थिइन ।


सौन्दर्य प्रतियोगिता मध्ये लोकप्रिय रहेको मिसेस तामाङ्गको दोश्रो संस्करणका निणार्यकहरुमा वरिष्ठ संचारकर्मी अशोक प्यासी राई, वाइबा सामाजका अध्यक्ष बिगेन्द्र एस वाइबा तामाङ, लाप्साङकार्पो म्युजिक सेन्टर प्रबन्ध निर्देशक रोशन फ्युवा, संचारकर्मी तथा आर्टिष्ट नेपाल मिडिया ग्रुपका सिईओ राज लुईटेल तथा २०१७ का मिसेस गुरुङ विजेता सुमना गुरुङ्ग रहेका थिए ।  

​कानून, न्याय तथा संसदीय ब्यबस्था मन्त्री शेर बहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगीहरुले आफ्ना मौलिक भेषभुषामा प्रस्तुत भै आकर्षक प्रस्तुती समेत दिएका थिए । विशेष अतिथी पूर्व संस्कृति उड्डयन राज्यमन्त्री पर्शुराम तामाङ र पूर्व कानूनी राज्यमन्त्री दिलमान पाख्रिन लगायत नेपालका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेका उक्त प्रतियोगितामा चर्चित जादुगर तथा कलाकार हाहायोयो महादेव त्रिपाठीको नृत्य तथा कमेडी एवं अन्य कलाकारहरुको आआफ्ना नृत्य र गायनले कार्यक्रममा रौनकता थपिएको थियो । सोही अवसरमा संयुक्त अपाङ्ग आवाज केन्द्रका तिल बहादुर कार्कीलाई आयोजक शान्ता लामाले नगद तिस हजार सहयोग प्रदान गरेकी थिईन ।


कार्यक्रममा बोल्दै आयोजक संस्था एसके इन्टरटेन्टमेन्टका अध्यक्ष,नायिका तथा समाजसेवी शान्ता लामाले “विवाहित महिलाहरूको दक्ष, क्षमता, भाषा, संस्कृति सम्बन्धी उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको ” बताइन् । “बिवाहित तामाङ्ग समुदायका महिलाहरुका प्रतिभा निखार्ने आफ्नो समुदायका महिलाहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गरिएको ” आयोजक शान्ताले सोहि अवसरमा बताईन । उर्वान होम्सको मुख्य प्रयोजन रहेको मिसेस तामाङ्ग २०१८ मा उपस्थित भै कार्यक्रमलाई भव्य अनि सभ्य बनाउन महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम चर्चित फेशनविज्ञ तथा प्रतियोगिताका कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेका थिए ।

प्रतियोगिताको फोटोग्राफी आर्टिष्ट नेपाल र प्रत्यक्ष प्रसारण मेघा टेलिभिजनबाट गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ