जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेक"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

चलचित्र ‘चि मुसी चि’को पहिलो रोमान्टिक गीत सार्वजनिक(भिडियो सहित)

१४ जेष्ठ २०७५, सोमबार ०८:३६

 

जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेको छ | श्रावण ११ गतेलाई रिलिज मिति तय गर्दै आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा यो रोमान्टिक गीत सार्वजनिक गरिएको हो । 

 उक्त गीतमा सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ | गीतको भिडियोमा चलचित्रका दुई मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माको अभिनय रहेको छ । यी दुईको यो डेब्यू फिल्म हो । उक्त गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन् । 

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई  दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता भने शिवराज कार्की रहेका छन् |

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको  उक्त फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ