२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलिशाको ‘मखमली चोली’मा अल्झिए पुष्प (भिडियोसहित)

१८ जेष्ठ २०७५, शुक्रबार १०:०८

जेठ १८ काठमाण्डौ | काठमाडौं संगीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘मखमली चोली’ बोलको गीत सार्वजनिक गरिएको हो। 

राजन खतिवडाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ। 

पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। गायक सुमन भन्छन्, ‘गीतमा धेरै मेहनत गरिएको छ। मेहनत अनुसार दर्शक(श्रोताले रुचाउने आशा लिएका छौं।’

त्यस्तै, एक गाउँले परिवेशको सुन्दर युवतीको ‘मखमली चोली’ देखेर एक युवा आकार्षित भएको कुरालाई गीतको मध्यमबाट उत्तारिएको गीतकार अम्बिका गुरुङले बताइन्। गुरुङ यस वर्ष गीतकार संघले छानेको उत्कृष्ट गीतकारको टप १० सुचिमा परेकी छिन्।    

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पुष्प र एलिशाको केमेष्ट्रि खुबै मिलेको देखिन्छ। भिडियोमा पुष्प र एलिशाको प्रेमलाई देखाइएको छ। भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको निर्देशक शान थापा बताउँछन्।

राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर फडिन्द्र राई हुन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ