२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम यति भब्य (भिडियो सहित)

२०७५, २४ जेष्ठ बिहीबार ०२:३३

जेठ २४, काठमाडौं । फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ । यसैबिच बुधबार राजधानीको लगनखेलस्थित आर्मि ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिए जहाँबाट सयौंको वाहि वाहि पाए ।

दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन गएका अशोक र टंकलाई खेलकुद मन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यतिठुलो कला भएको भन्दै प्रसंसा समेत गरेका थिए । साथै उनले प्रस्तुती दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो दिँदै सम्मान गरे ।


सातैं प्रदेशबाट आएका बिभिन्न बिद्यालयका खेलाडीहरुले अशोक जब गीत गाउँन थाले तब अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए ।

अशोकले गीतलाई ट्रयाकमा गाउनेक्रममा केहि भुलहुन गएमा टंक सच्चाउँदै गाएका थिए । पहिलो स्टेज कार्यक्रम भएकोले पनि अशोकलाई ट्रयाकमा गाउन केहि समस्या परेको देखिन्थ्यो । कार्यक्रम सकेपछि आर्टिष्ट खबरसँग कुरागर्दै टंकले अशोकको पहिलो स्टेज कार्यक्रमनै नेपाल सरकारको लागो भएको ब्याच लाएर गर्न पाउँदा निकै खुसी लागेको बताए । साथै उनको प्रतिभालाई खेलकुद मन्त्रीले नियाल्नुपनि ठुलो उपब्धि भएको उनको भनाई थियो । अशोकले सबैकुरा सोच्न सक्दैनन्, उनले तपाईलाई कसले मायाको चिनो प्रदान गर्यो भन्दा प्रधानमन्त्रीले भनिरहेका थिए । अहिले अशोकका लागी स्टेज कार्यक्रमहरु बढ्नेक्रममा छन् । उनी केहि दिनमा बिदेशका केहि देशहरुमा कार्यक्रमकै लागी जाँदैछन् । 

हेर्नुस् अशोकको पहिलो लाइभ कार्यक्रम, यति भब्य भयो:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति