२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०१८ विशेष गीत नेपाली भाषामा, कलाकारबीच नै चल्यो भिडन्त (भिडियो)

२०७५, ३० जेष्ठ बुधबार ०८:४९

जेठ ३० काठमाण्डौ | जुन ३१ बाट सुरु हुने ‘फिफा विश्वकप’ को रौनक यतिबेला नेपालमा पनि छाएको छ। एक महिनासम्म चल्ने उक्त फुटवल प्रतियोगीता नजिकै आइपुग्दा यसबेला धेरैको मनमा उत्साह छाएको छ। सामाजिक सञ्जाल भरिपूर्ण बनेको छ | के बालक के युवा के बृद्धा सबैलाई विश्वकपको रौनक उत्तिकै लाग्छ। कलाकारलाई पनि यतिबेला विश्वकप लागेको छ |


विशेष गरी नेपालमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, इंग्ल्याण्ड, पोर्चुगल, नेदरल्याण्डका समर्थक बढी देखिन्छन् । यहि विषयलाई लिएर कलाकारले पनि दोहोरी भिडन्तकै रुपमा आफ्नो टोलीको समर्थनमा गीत गाएका छन् ।

चर्चित गायक राजु ढकाल र रविन लामिछानेको विश्वकप विशेष गीत भिडियो सहित बजारमा सार्वजनिक भएको छ। गायक ढकाल अर्जेन्टिनाका फ्यान हुन्। मेसीलाई मन पराउने ढकाल गीतमा अर्जेन्टिनाकै सपोर्टमा उत्रिएका छन्।

गायक लामिछाने ब्राजिलको सपोर्टमा छन्। यद्यपी गीतको शब्द लामिछानेको हो भने लय ढकालको हो। दुर्गा पौडेलेको सिनेमाटोग्राफी र निर्देशन रहेको भिडियोमा महेन्द्र गौतम, देवेन्द्र क्षेत्री, राजेन्द्र सेडाई, डोलराज बाह्रघरे, सरोज कार्की लगायत देख्न सकिन्छ ।

एकता फिल्मस्को उत्पादन तथा नविन घर्तीमगरको सम्पादन रहेको भिडियोमा दर्शकले खेलका क्रममा गर्ने गतिविधि, उत्साह, निराशा सबैलाई समेटेको छ। भिडियोमा लोकप्रिय गायिका देवी घर्ती मगर, बद्री पंगेनी, मुना थापा मगर, महेन्द्र गौतम, देवेन्द क्षेत्री, रमेशबाबु थापा, राजन गुरुङले आफूलाई मन पर्ने टीमका बारेमा धारणा पनि राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति