३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा शान्तिश्रीको सन्देशमूलक तीज गीत सार्वजनिक

११ श्रावण २०७५, शुक्रबार ०२:५४

साउन ११, काठमाडौँ | 'सृष्टीकै उत्कृष्ट सृजना हो नारी, आमा हुन नारी सम्मान गरौं, छोरी हो नारी इज्जत गरौं, आफ्नो जिवन संगनी हो नारी प्रेम गरौं , आजै देखी छोरा र छोरी बिचको भेदभाव बन्द गरौं ।' यही सन्देश दिने उद्देश्यले बहुचर्चित गायिका शान्तिश्री परियारले तीज गित छोरी सार्वजनिक गरेकी छन् । 


हाम्रो समाजमा अझै पनि जिवित रहेको छोरीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन ल्याइ सभ्य समाज निर्माण गर्न कलाकार पनि जुट्नु पर्ने शान्ति बताउँछिन् । आफुले ल्याउने हरेक सृजनामा समाजमा रहेको कुसंस्कृतिको अन्त्य गर्न कतै न कतै जोड्नै पर्ने गायिका शान्तिको भनाई छ । शान्तिश्री परियार र नारायण भुजेलको शब्द रहेको यो गितले समाजको बास्तविकतालाई बाहिर ल्याएको छ । नारीले हाम्रो देशको नेतृत्व गरिरहेको अवस्थामा अझै किन छोरी प्रतिको सोचाई परिवर्तन हुन सकिरहेको छैन ? किन मान्छेहरु छोरी भएपछि गर्भमै तुहाउन खोज्छन् ? यस्तो समाजलाई परिवर्तन गर्न जुन ठाँउमा जो छ उसैले आवाज बुलन्द पार्न आबश्यक रहेको गायिका शान्तिको भनाई छ ।

बिहिबार मात्र शान्तिश्रीकै युटुव च्यानल मार्फत सार्वजनिक भएको सो मार्मिक गितमा समाजको बास्तकितालाई उजागड गरिएको छ । तीजको गित भएपनि सचेतनामुलक र सन्देशमुलक रहेको छ । यो गितमा लय गायिका शान्तिकै रहेको छ भने अभिनयमा बुहारीको भुमिकामा शान्ति आफै छन् । 

यसै यो गीतमा लक्ष्मी गिरी, हरि शरण रिजाल, खेम घर्तीले अभिनय गरेका छन् । यसमा वालकलाकार रितु श्रेष्ठको पनि अभिनय छ । 

मालाश्री स्टुडियोमा निर्माण नियन्त्रक नवराज भटराई,एरेन्ज बिनोद बाजुराली,मिक्सींग खड्ग बाजुराली, छायाकंन करन चैसिर, सम्पादन मनोज कार्की र निर्देशन दिपेन्द्र तिमिल्सीनाले गरेका छन् । यस्तै दृष्य निर्माण मण्डली फिल्मले गरेको हो ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ