३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक सुवेदीले विन्दुलाई सुटुक्क रानी वनमा जाम भनेपछी… (भिडियो)

१४ श्रावण २०७५, सोमबार ०४:१८

सास । साउन १४, काठमाडौं । मोफसलमा बसेर पनि विगत २ दशकदेखि नेपाली लोक तथा आधुनिक विधाका गीतहरुमा साधना गर्दै आइरहेका संगीतकार तथा गायक प्रभात सुवेदीले विन्दु परियारलाई सुटुक्क रानी वनमा जान अनुरोध गरेका छन् ।

साझा सबाल डटकमको बर्दिया जिल्ला सम्पादक सहित रहेर, बर्दियामै शिक्षण, पत्रकारिता, प्रशिक्षक तथा संगीत क्षेत्रलाई आफ्नो कर्म बनाएका प्रभात सुवेदीका दर्जनौं लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । २०५८ सालमा ‘वाचा कसम’ २०५९ सालमा ‘चरी जुरेली’ २०६१ सालमा ‘पिपलु चौतारी’ २०६३ सालमा ‘उज्जालो विहानी’, २०६५ सालमा ‘डोको नाम्लो’, त्यसैगरी २०७० सालमा ‘भवसागर’ भजन सङ्ग्रह लगायत थुप्रै फुटकर गीतहरु बजारमा ल्याएका सुवेदीको संगीतमा साउन ६ गते मात्रै ईश्वरी रिजाल ‘उल्कापात’ का रचना रहेको ‘चरी बनी उडी गइन्’ गीत गायक शिशिर योगीको आवाजमा सर्वाधिक रुचाइएको छ ।


वहुआयामिक प्रतिभा भएका सुवेदी आफूले रोजेका हरेक क्षेत्रहरुमा अब्बल देखिन्छन् । यो उनको विशेषता पनि हो । कहिलेकाँही स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारमाध्यमहरुमा लेखहरु पनि लेख्दै आएका सुवेदीको ‘जगाऔँ आत्मविश्वास’ नामक पुस्तक समेत प्रकाशित छ । उनी गणित विज्ञानका शिक्षक पनि हुन् । बर्दियाको गुलरिया स्थित श्री बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्यापनरत रहेका प्रभात सुवेदी जिल्लामा सञ्चालन हुने विभिन्न शैक्षिकक तथा रङ्गमञ्चीय कार्यक्रमहरुमा उद्घोषण गर्न पनि उत्तिकै माहिर मानिन्छन् । 

केही समय अघि मुनाल टिभिको च्यानलबाट सार्वजनिक भएर म्युजिक नेपालले अफिसियल राइट लिएको गीत ‘धन सम्पत्ति’ ले पनि निकै चर्चा कमाएका सुवेदीले यसपाली भने युवायुवतीहरुलाई मन पर्ने र नचाउने गीत गायिका विन्दु परियारसँग लिएर आएका छन् । 

खासगरी स्थानीय स्तरमा आयोजना गरिने मेला महोत्सवहरुमा आमन्त्रण हुने भएकोले अलि नाच्ने खालका गीतहरु गाउनुपर्ने र युवायुवतीहरुलाई नचाउनै लागि यो गीत बजारमा ल्याएको उनी बताउँछन् ।

सहारा फिल्मले निर्माण गरी मुनाल टिभीको अफिसियल युट्युव च्यानलमार्फत आइतबार सार्वनिक गरिएको ‘पिरतीको कीला’ गीत उनको आफ्नै शब्द र संगीत हो भने यसको भिडियो फिचरिङ एलिना रायमाझी र विकाश लामाले गरेका हुन् । भिडियोको निर्देशन भने चर्चित निर्देशक शिवेन पोख्रेलले गरका छन् । मुकेश हुमागाईंको क्यामेरा र अधिनायकमान शेरचनको सम्पादन रहेको यस भिडियोमा नव मोडलकै रुपमा बर्दियाकै अनिशा क्षेत्रीले युबिन ढुङ्गानासँग शशक्त अभिनय गरेकी छिन् । 

अबको केही दिनमै सुवेदीका दुईओटा गीतका म्युजिक भिडियोहरु सार्वजनिकीकरणको तयारीमा रहेका छन् । डान्सिङ बिटमै लोक स्वादमा ‘टोक्नै नमिल्ने’ र राष्ट्रभक्तिले ओतप्रोत गीत ‘नेपालको स्वार्थ बाहेक’ तयारीमा रहेको उनले बताए । भने टीका पुनसँग गाएको नेपालगञ्जकी साहित्यकार ऋचा लुईंटेलका शब्दहरुमा ‘हलोजुवा फरुवा’ गीतको अडियो फाइनल भएर बाँके बर्दियामै सुटिङको तयारीमा रहेको उनले बताए ।  

हेर्नुहोस् भिडियोः– 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ