२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘मिस्टर भर्जिन’को ट्रेलर प्यारोडी प्रतियोगिता, प्यारोडी बनाउनेलाई ५० हजार

१८ श्रावण २०७५, शुक्रबार १२:३१

साउन १८ काठमाण्डौ | पछिल्लो समय चलचित्र मेकरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फण्डाहरु अपनाउने गर्छन् । त्यसमा पनि दर्शकलाई नजिकबाट चलचित्रको बारेमा जानकारी दिन विभिन्न प्रतियोगिताहरूको आयोजना गर्ने गरिन्छ । चलचित्र मिस्टर भर्जिनले भने नयाँ प्रतियोगिताको घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनिक भएको चलचित्रको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिताको घोषणा गरेको हो । यसमा सहभागीहरुले ट्रेलरको प्यारोडी बनाउने पर्नेछ । जुन प्यारोडीलाई [email protected] मा पठाउन सकिन्छ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउन सकिन्छ । सहभागी प्यारोडी मध्य उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् । 

सेक्स कमेडीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’लाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । यही आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा गौरव पहारी, विजय बराल ,कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । 

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ