२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिए

२०७५, २० श्रावण आईतवार ११:५४

साउन २०, काठमाडौं | ‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन् । शनिबार राजधानीको सोल्टीक्राउन प्लाजामा आयोजित छनौट चरणको अडिसबाट २५ युवा र २५ युवती अन्तिम चरणको अडिसनका लागि छानिएका हुन् । अडिसनमा २ शय बढि युवायुवतीको सहभागीता रहेको थियो ।

अभिनेता कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, अभिनेत्री, मोडल सृजना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, गतबर्षको उपाधि बिजेता बिक्रम आदित्य महासेठ, फष्ट रनरअप सिम्रन खड्का लगायत छनौट चरणको निर्णायक रहेका थिए । 


युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरि अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगीता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् ।

अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई रर्याम्प, व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज प्रस्तुती पब्लिक स्पिकिङलगायत विषयमा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्यको, पुर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, चर्चित फोटोग्राफर राजभाई सुवाल, नेपालका पहिलो अन्तराष्ट्रिय मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केसरी शाह लगायतले प्रशिक्षण दिने नेक्स्ट मोडल्सका अध्यक्ष रवी धमलाले बताए । 

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यवसाहिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुराउने उदेश्यले बिगत ४ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको काठमाडौ पछि पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुन काठमाडौमा अडिसन सकिनेछ । 

प्रतियोगीताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम स्पर्धाका लागि छानिने अध्यक्ष धमलाले जानकारी दिए । उनले भने ‘पहिलो चरणबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ ।’ 

भदौको अन्तिमसाता सोल्टी क्राउन प्लाजमा अन्मिस्पर्धा आयोजना हुने चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनलाई पनि अवसर प्रधान गरिने यो मोडलिङ सम्बन्धि एक मात्र उत्कृष्ट प्रतियोगीता हो । यसको शिर्ष बिजेताले नगद १ लाख र उत्कृष्ट तीन भित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा सहभागीको साथै आइसी कलेज अफ आर्ट एण्ड फेसनको गुलविल एम्बसडर बन्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगीताको पुरुष बिजेताले चिनमा आयोजना हुने ‘मिष्टर ओसिएन’ र महिला बिजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’का साथै नेपालमा आयोजना हुने बिभिन्न फेसन शोमा समेत सहभागीको अवसरका साथै बिभिन्न ब्राण्डको एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति