२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बिनाको धन ठुलो’ गीत अब चलचित्र ‘धूम ३’ मा (भिडियोसहित)

२२ श्रावण २०७५, मंगलवार ०८:३७

साउन २२, काठमाडौं । पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको "मन बिनाको धन ठुलो कि धन बिनाको मन" गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ । नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र "धूम ३" मा समावेस गरिने भएपछि उक्त गीतलाई यो अवसर जुरेको हो । 

"मन बिनाको धन ठुलो" गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र बिवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जय किशन बस्नेतसँग पनि बुढाथोकीको दुरी बढेको छ । 

करीब साढे दुई दर्जनको संख्यामा निरन्तर आफ्ना चलचित्रमा बुढाथोकीलाई संगीतकारमा लिई रहेका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र "धूम ३" मा पनि उनलाई नै लिएका थिए । बुढाथोकीकै संगीत र स्वर समेत रहेको "धूम ३" मा समावेश गरिएको तिम्रो हेराईले यो मनलाई बोलको गीत सार्वजनिक भएको दुई दिनमै २ लाख भन्दा बढी प्राकृतिक दर्शक पाएर चर्चामा समेत छ । श्रृजना भनेको सन्तान सरह हो अनि जस्तोसुकै कुरुप भए पनि आफ्नो सन्तानको माया लाग्छ । त्यसरी नै आफ्नो संगीत र स्वर रहेको यो गीतलाई पनि टंक बुढाथोकीले माया गर्नु पर्ने हो तर बजारमा ब्यापक चर्चामा आई सक्दा पनि बुढाथोकीले यो गीतलाई थोरै पनि प्राथमिकतामा नराखे पछि बुढाथोकी र बस्नेतको दुरी बढ्न थालेको चर्चा चलचित्र नगरीमा चुलिएको छ । 

नेपाली चलचित्रमा पछिल्लो समय संख्यात्मक हिसाबले संगीतकारको रुपमा गनिएका बुढाथोकी युट्युवमा भाईरल बाल गायक अशोक दर्जीसँग जोडिएपछि जय किशन बस्नेतसँग मात्र नभई अन्य चलचित्रकर्मीसँग पनि टाढिएको प्रसंग आजकाल चिया पसलहरुमा पनि उठि रहेको सुनिन्छ । यस्तो बिवादका बीच जय किशन बस्नेतले "मन बिनाको धन ठूलो कि धन बिनाको मन" बोलको गीतको अधिकार लिएको कुरा सार्वजनिक भएपछि दुई जनाबीचको बिवाद बढेको हो कि झन् मित्रता झाँगिएको हो भन्ने दोधारे हल्ला पनि बजारमा सुनिदै आएको छ । यस बारेमा नायक जय किशन बस्नेतसँग जिज्ञासा राख्दा उक्त गीतको अधिकार आफुसँग भएकोले २ दिनभित्र छायाँकन गरी चलचित्र "धूम ३" मा समावेश गर्न लागेको बताए । 

टंक बुढाथोकीले चलचित्रको लागी गीतको अधिकार दिन्छन् त भनी अर्को प्रश्न गर्दा आफुसँग पूर्ण अधिकार भएको यस गीत र टंक बुढाथोकी बिचमा कुनै लेनदेन नरहेको प्रस्ट पारे । आफ्नो सम्पूर्ण ध्यान असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको "धूम ३" मा भएकोले झिना मसिना कुरामा आफु नअल्झिने भनाई बस्नेतको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ