२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बिनाको धन ठुलो’ गीत अब चलचित्र ‘धूम ३’ मा (भिडियोसहित)

२०७५, २२ श्रावण मंगलवार ०८:३७

साउन २२, काठमाडौं । पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको "मन बिनाको धन ठुलो कि धन बिनाको मन" गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ । नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र "धूम ३" मा समावेस गरिने भएपछि उक्त गीतलाई यो अवसर जुरेको हो । 

"मन बिनाको धन ठुलो" गीतसँगै यसका संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र बिवाद दुवैमा छन् भने उनलाई आफ्नो चलचित्र जञ्जिरबाट संगीतकारमा ब्रेक दिएका जय किशन बस्नेतसँग पनि बुढाथोकीको दुरी बढेको छ । 

करीब साढे दुई दर्जनको संख्यामा निरन्तर आफ्ना चलचित्रमा बुढाथोकीलाई संगीतकारमा लिई रहेका नायक बस्नेतले पछिल्लो आफ्नो महत्वाकांक्षी चलचित्र "धूम ३" मा पनि उनलाई नै लिएका थिए । बुढाथोकीकै संगीत र स्वर समेत रहेको "धूम ३" मा समावेश गरिएको तिम्रो हेराईले यो मनलाई बोलको गीत सार्वजनिक भएको दुई दिनमै २ लाख भन्दा बढी प्राकृतिक दर्शक पाएर चर्चामा समेत छ । श्रृजना भनेको सन्तान सरह हो अनि जस्तोसुकै कुरुप भए पनि आफ्नो सन्तानको माया लाग्छ । त्यसरी नै आफ्नो संगीत र स्वर रहेको यो गीतलाई पनि टंक बुढाथोकीले माया गर्नु पर्ने हो तर बजारमा ब्यापक चर्चामा आई सक्दा पनि बुढाथोकीले यो गीतलाई थोरै पनि प्राथमिकतामा नराखे पछि बुढाथोकी र बस्नेतको दुरी बढ्न थालेको चर्चा चलचित्र नगरीमा चुलिएको छ । 

नेपाली चलचित्रमा पछिल्लो समय संख्यात्मक हिसाबले संगीतकारको रुपमा गनिएका बुढाथोकी युट्युवमा भाईरल बाल गायक अशोक दर्जीसँग जोडिएपछि जय किशन बस्नेतसँग मात्र नभई अन्य चलचित्रकर्मीसँग पनि टाढिएको प्रसंग आजकाल चिया पसलहरुमा पनि उठि रहेको सुनिन्छ । यस्तो बिवादका बीच जय किशन बस्नेतले "मन बिनाको धन ठूलो कि धन बिनाको मन" बोलको गीतको अधिकार लिएको कुरा सार्वजनिक भएपछि दुई जनाबीचको बिवाद बढेको हो कि झन् मित्रता झाँगिएको हो भन्ने दोधारे हल्ला पनि बजारमा सुनिदै आएको छ । यस बारेमा नायक जय किशन बस्नेतसँग जिज्ञासा राख्दा उक्त गीतको अधिकार आफुसँग भएकोले २ दिनभित्र छायाँकन गरी चलचित्र "धूम ३" मा समावेश गर्न लागेको बताए । 

टंक बुढाथोकीले चलचित्रको लागी गीतको अधिकार दिन्छन् त भनी अर्को प्रश्न गर्दा आफुसँग पूर्ण अधिकार भएको यस गीत र टंक बुढाथोकी बिचमा कुनै लेनदेन नरहेको प्रस्ट पारे । आफ्नो सम्पूर्ण ध्यान असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको "धूम ३" मा भएकोले झिना मसिना कुरामा आफु नअल्झिने भनाई बस्नेतको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति