२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्शक बेहास हुने गरी फिल्म प्रचारप्रसार ! हेर्नुहोस् भिडियोसहित

२१ भाद्र २०७५, बिहीबार ०७:०१

भदौ २१, काठमाडौं  । अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । बिभिन्न उपहार, रिचार्ज, बिदेश भ्रमणको अवसर, यस्तै गरी देशब्यापी कन्सर्ट लगायतका तरिकाबाट चलचित्रको प्रमोशन गरिरहेको पाइन्छ । यसैबिच आउँदो शुक्रबारबाट पनि ठुला मानिएका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘रोज’ र  ‘रामकहानी’ यहि शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । बुधबारमात्रै चलचित्र रोजले देशब्यापी कन्सर्ट सकाएको छ । एकसाता अघि पोखराबाट शुरुभएको कन्सर्ट मोफसलमा दमकमा सकिएको थियो भने काठमाडौंमा गोंगबु र लगनखेलमा कन्सर्ट गरिएको थियो ।

रोज टिमले बुधबार गोंगबुस्थित बिएसआर फिल्म हल अगाडी कन्सर्टको आयोजना ग¥यो । थुप्रै दर्शक कन्सर्ट हेर्न पुगेका थिए । बिशेष गरी रोजका नायक प्रदीप खड्काका युवाफ्यान भएकै कारण युवादर्शक बढी देखिन्थे, त्यसमाथि पनि युवती अझ बढी । चलचित्रका नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम कन्सर्टमा सामेल भएका थिए । शुरुमा प्रतापले गीत गाउँदै गर्दा माहोल तातिएको थियो  । जब नायक प्रदीप खड्का स्टेजमा उत्रिए युवायुवतीले उधुम मच्चाउन थाले ।

प्रदीपले चलचित्र बारे स्टेजबाटै जानकारी दिदै थिए । युवतीहरु स्टेज तलबाट निकै हुटिङ गरिरहेका थिए । त्यसैबिच धेरै बेर अघि देखि घाममा निकै चिच्याईरहेकी एक युवती बेहोस् भइन् । रोजकै स्वयमसेवक र अन्यले उनलाई स्टेजको छेउ लगे र केहिबेर पछि होस् आयो । यस्तै एक युवाले प्रदीपको नजिक जान नदिएको भन्दै प्रहरी माथि नै हातपात गरे । हातपात गरेकै कारण प्रहरीले भ्यानमा राखेर चौकी पुर्यायो । यस्तै एक युवती जबरजस्ती गर्दै स्टेजमै आएर प्रदीपले बेस्सरी अंगालीन्, र निकै रोइन् । यस्ता थुप्रै फ्यानहरु गोंगबुको कन्सर्टमा देखियो । चलचित्रको प्रचारकालागी हिडिरहेको टिमले धेरै ठाउँमा यस्ता घटना बेहोर्दै हिडेको छ ।

यस बिषयमा नायक प्रदीपले भने दर्शकले आफूलाई भेट्दा खोज्दा सकेसम्म धेरे समय दिने गरेको बताउँछन् । ‘मैले मिलेसम्म धेरे समय दिने गरेको छु, म सँग एउटा तस्बिरमात्र भएर खिचाउँछु भनेर धेरेबेर देखी कुर्ने गर्नुहुन्छ, मैले इन्कार गरेभने उहाँहरुको मन दुख्छ त्यो बुझेको छु,’ प्रदीपले भने । प्रदीपले देशब्यापी कन्सर्टमा जादा पनि काठमाडौंमा जस्तै थुप्रै फ्यान दर्शक भेटेको बताए । उनले मोफसलका ६ शहरमा कन्सर्ट सकेर काठमाडौंमा अन्तिममा कन्सर्ट गरिएको बताए । टिमसँगै चलचित्रका प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरपनि सँगै थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ