२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलबाट रुँदै वाहिरिइन् सन्ध्या अर्थात ‘काउली बुढी’

२२ भाद्र २०७५, शुक्रबार १६:५६

भदौ २२, काठमाडौँ | संचार क्षेत्रमा आवद्ध तर नेपाल आइडलबाट एकाएक भाइरल बनेकी 'काउली बुढी' अर्थात सन्ध्या बुढाको नेपाल आइडल यात्रा टप-१८ मा पुग्न नपाउदै रोकिएको छ । 

नेपाल आइडलमा जानुपुर्वनै गीत रेकर्ड गरिसकेकी सन्ध्याले पछिल्लो प्रस्तुती नेपाल आइडलमा 'तिमीले बाटो फेर्यौ अरे…' बोलको गीत गाएकी थिइन् । दर्पण राईको शब्दमा टंक बुढाथोकीको संगीत रहेको उक्त गीत मेलिना राईले स्वर दिएकी हुन् । सोहि गीतमा आफ्नो प्रस्तुति दिएकी सन्ध्याले आफ्नो प्रस्तुतिले आज जजहरुको मन जित्न भने सकिनन् । 


नेपाल आइडलमा काउली बुढीको पहिलो प्रस्तुतीसंगै दर्शकहरुले उनलाई चासोका साथ हेरिरहेका छन् । केहि दर्शकले आजको प्रस्तुति पहिलेको प्रस्तुति जस्तो राम्रो नभएको बताएका छन् । एक जना दर्शकले सामाजिक संजालमा काउली बुढी गईचिन्, नेपाल आइडल निस्ते भो भन्दै आफ्नो स्टाटस अपडेट गरेका छन् । त्यस्तै अर्का एक जनाले 'काउली बुढी बिनाको नेपाल आइडल खल्लो हुने भो ।' भन्दै लेखेका छन् । त्यसो त सन्ध्या टप १८ मा पुग्ने-नपुग्ने जजको निर्णय नआउँदै एक दर्शकले लेखेका थिए – 'नेपाल आइडल दुई सिजनबाट सन्ध्या (काउली बुढी) आज घर जाने संकेत भनेर लेखेका थिए । 


नेपाल आइडलबाट बिदा हुँदा रुँदै बाहिरिएकी सन्ध्या बुढाले नेपाल आइडलको ५ मिनेटको आफ्नो प्रस्तुतिकै कारण आफूलाई सबैले चिनेको भन्दै नेपाल आइडललाई धन्यवाद दिएकी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ