२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलबाट रुँदै वाहिरिइन् सन्ध्या अर्थात ‘काउली बुढी’

२०७५, २२ भाद्र शुक्रबार १६:५६

भदौ २२, काठमाडौँ | संचार क्षेत्रमा आवद्ध तर नेपाल आइडलबाट एकाएक भाइरल बनेकी 'काउली बुढी' अर्थात सन्ध्या बुढाको नेपाल आइडल यात्रा टप-१८ मा पुग्न नपाउदै रोकिएको छ । 

नेपाल आइडलमा जानुपुर्वनै गीत रेकर्ड गरिसकेकी सन्ध्याले पछिल्लो प्रस्तुती नेपाल आइडलमा 'तिमीले बाटो फेर्यौ अरे…' बोलको गीत गाएकी थिइन् । दर्पण राईको शब्दमा टंक बुढाथोकीको संगीत रहेको उक्त गीत मेलिना राईले स्वर दिएकी हुन् । सोहि गीतमा आफ्नो प्रस्तुति दिएकी सन्ध्याले आफ्नो प्रस्तुतिले आज जजहरुको मन जित्न भने सकिनन् । 


नेपाल आइडलमा काउली बुढीको पहिलो प्रस्तुतीसंगै दर्शकहरुले उनलाई चासोका साथ हेरिरहेका छन् । केहि दर्शकले आजको प्रस्तुति पहिलेको प्रस्तुति जस्तो राम्रो नभएको बताएका छन् । एक जना दर्शकले सामाजिक संजालमा काउली बुढी गईचिन्, नेपाल आइडल निस्ते भो भन्दै आफ्नो स्टाटस अपडेट गरेका छन् । त्यस्तै अर्का एक जनाले 'काउली बुढी बिनाको नेपाल आइडल खल्लो हुने भो ।' भन्दै लेखेका छन् । त्यसो त सन्ध्या टप १८ मा पुग्ने-नपुग्ने जजको निर्णय नआउँदै एक दर्शकले लेखेका थिए – 'नेपाल आइडल दुई सिजनबाट सन्ध्या (काउली बुढी) आज घर जाने संकेत भनेर लेखेका थिए । 


नेपाल आइडलबाट बिदा हुँदा रुँदै बाहिरिएकी सन्ध्या बुढाले नेपाल आइडलको ५ मिनेटको आफ्नो प्रस्तुतिकै कारण आफूलाई सबैले चिनेको भन्दै नेपाल आइडललाई धन्यवाद दिएकी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति