२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’मा अशोक दर्जी पनि देखिदै

२०७५, ८ आश्विन सोमबार ०६:२३

असोज ८ काठमाण्डौ | हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’मा पछिल्लो समयका चर्चित बाल गायक अशोक दर्जी देखिने भएका छन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक भएसँगै निकै चर्चामा रहेका अशोक यहि आउँदो असोज ९ गते (मंगलबार)को ‘मेरिबास्सै’को नयाँ श्रृंखलामा देखिने बुझिएको छ । स्रोतका अनुसार अशोक दर्जी, टंक बुढाथोकी र एआर बुढाथोकी मेरिबास्सैमा पनि कलाकार भएर भित्रिने छन् । 

गायक तथा संगीतकार टंक बुढाथोकीले पनि फेसबुकमा एक तस्बिर पोष्ट गरेका छन् जुन तस्बिर मेरिबास्सैको छायांकनको समयमा लिइएको हो । मेरिबास्सैमा हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर)को लेखन तथा निर्देशन रहेको छ । पछिल्लो समय स्क्रिप्ट लेखन तथा निर्देशनमा बिशेष ध्यान पुर्याउन थालिएकै कारण धेरै दर्शकले मन पराएका छन् । यस्तै नेपालको युट्युवमा अपलोड गरिएसँगै ट्रेन्डिङमा पनि आइरहेको पाइन्छ । 

पछिल्लो समय समाजमा चर्चित तथा बिवादित बनेका बिषय हाँस्य टेलिसिरियलका लागी खुराक बन्ने गरेको छ । नेपाल टेलिभिजनबाटै प्रसारण हुँदै आएको अर्को हाँस्य टेलिसिरियल ‘भद्रगोल’मा पनि पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युवमा भाइरल भएका नेपाल आइडलबाट चिनिएका झक्कड थापा, नरेश पातली र सन्ध्या बुढा (काउली बुढी)लाई लगिएको थियो, जुन भाग अत्यधिक मन पनि पराइएको थियो । यस्तै मेरिबास्सैमा पनि अशोक दर्जीदेखिएसँगै उक्त भाग चर्चामा रहने अनुमान लगाउन सकिन्छ । अशोक मेरिबास्सैमा कति भाग सम्म देखिनेछन् त्यो बिषयमा भने निर्माण टिमले बोल्न चाहेको छैन । मिडिया हवको प्रस्तुतीमा निर्माण हुँदै आएका मेरिबास्सै र भद्रगोल दुबै हाँस्य टेलिसिरियल हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति