२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संगित र सञ्चार क्षेत्र एकै साथ सम्हाल्दै सन्दीप

१५ आश्विन २०७५, सोमबार ०८:०६

प्रेम सुनार । बुटवल, असोज १५ । स्कुले जिवन कालमा गिटार बजाउनमा निकै शौखिन सन्दीप परियार जन्मथलो गोरखा आसपासमा मात्र नभएर गायक अनि कुशल टिभि जर्नालिष्टका रुपमा यता पश्चिम नेपालमा पनि चर्चामा छन् ।  बुटवलको एक कार्यक्रममा पछिल्लो उनले बजारमा ल्याएको ‘मायालुको गाउँ’बोलको आधुनिक गीत बारे पनि चर्चा गरियो ।

न्युज–२४  टेलिभिजनको समाचार डेक्समा कार्यरत उनले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा कुकुरको प्रयोग किन गरिएन ? भन्ने जुन नयाँ एंगलको समाचार बाहिर ल्याएका छन यसले पनि उको चर्चा बढ्दै छ ।  त्यस टेलिभिजनको पावर न्युज कार्यक्रममा पनि उनले खोजमुलक सामग्री पस्कीदै आएका छन ।


गोरखाको भिमसेन गाउँपालि असराङ्गमा जन्मिएका  सन्दिप द भ्वाईस अफ नेपालले आयोजना गरेको रियालिटी शोः कार्यक्रमको पहिलो चरणमा समेत छनौट भई अर्को साता तिर हुन गई रहेको दोश्रो प्रतिष्पर्धामा उत्रिदै छन । सुरुमा ‘बेसी खेत जोत्ने बेलामा’ बोलको लोक दोहरी गीतबाट साङ्गेतिक क्षेत्रमा प्रवेश गरेका सन्दीपले ‘माया जाले हो , ‘रुँन्थीन म’  जस्ता दर्जन बढि लोक दोहरी र ४ वटा आधुनिक गीत बजारमा ल्याएका  छन ।

उनि भन्छन –‘ सुरुमा संगित क्षेत्र  निकै मन पर्दथ्यो । पछि कलकार भएरै होला सञ्चार क्षेत्र झन मन पर्न थाल्यो । ’ उनि आफै भिडियो मिक्सीङ्ग देखि सबै खाले प्राविधिक काम समेत गर्दछन । उनि आफैले  गाएको र मिक्सीङ्ग समेत आफैले गरेको ‘भाग्य ठुलो’ बोलको म्युजिक भिडियो अब छिट्टै सार्वाजानिक गरिदै छ ।  संगितमा ब्याचलर र पत्रकारितामा मष्टर डिग्रीको दौरानमा रहेका   सन्दीप पिता झलक परियार र माता शोभा परियारको कोखबाट २०५१ साल चैत्र २९ गते जन्मिएका हुन ।

गोरखा कै नव जागृति चण्डी माध्यामिक बिद्यालयबाट  माध्यमिक तहको शिक्षा आर्जन गरेका उनि काठमाण्डौको शहिद रामनाथ दाहल  स्मृति कलेजबाट उच्च शिक्षको यात्रामा लागेका थिए । भविश्यमा पनि उनले यी दुबै क्षेत्रलाई  निरन्तरता दिने बताउँ छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ