२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माग्ने बुढा, दीपक र दीपा भद्रगोलमा पनि देखिंदै

१८ आश्विन २०७५, बिहीबार १२:४३

असोज १८, काठमाण्डौ । नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘भद्रगोल’मा यसपटक दर्शकले तीन जना नयाँ कलाकार देख्न पाउने भएका छन् ।

यस पटक भद्रगोलमा सिनेमा छक्का पञ्जा ३ को प्रचारको लागि कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे पुगेका हुन् ।

हास्य श्रृंखला ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका छन् । सिनेमा निर्माणमा लागेपछि उनीहरु श्रृंखलामा देखिएका छैनन् । यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउने भएका छन् ।

गएको वर्ष पनि सिनेमाको प्रचारकै लागि निर्देशक तथा कलाकार दीपाश्री निरौला जिरे खुर्सानीको एक एपिसाेडमा पुगेकी थिइन् ।

तर उनी त्यहाँ एकलै पुगेकी थिइन् । यस पटक भने उनको साथमा दीपक पनि भएका कारण दर्शकले फरक स्वाद पाउने छन् ।

त्यस्तै भद्रगोलमा सिनेमाको प्रचारकै लागि कलाकार केदार घिमिरेको उपस्थितिले पनि दर्शकले केही नयाँपन महसुस गर्न पाउनेछन् । केदारकी श्रीमती सीता घिमिरे पनि भद्रगोलकी नियमित कलाकार हुन् । उनी यस श्रृंखलामा चन्द्रमुखीको भूमिकामा छिन् ।

यस हिसाबले केदार र उनकी श्रीमती सीतालाई पनि दर्शकले फेरि एक पटक पर्दामा एक साथ देख्न पाउनेछन् ।

यस अघि उनीहरुले मेरी बास्सैमा श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ