२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ -२’ सार्वजनिक (भिडियोसहित)

२०७५, १९ आश्विन शुक्रबार ०८:५९

असोज १९ काठमाण्डौ | चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को पार्ट टु 'आँशुको अर्थ -२' गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।गत बर्ष सार्वजनिक गरिएको गीत ‘आँशुको अर्थ’ सफल भए सगै 'आँशुको अर्थ -२' 'आँशु दिइ जाने' को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । शुक्रबार चितवनको भरतपुरमा एक कार्यक्रमको बिच गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर परेर 'आँशुको अर्थ -२' गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको हो।

केटिबी एड्भर्टाईजिङ एजेन्सीका प्रबन्धक किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो । यस्तै चलचित्र निर्देशक बिमल पौडेल र केटिबी एड्भर्टाईजिङ एजेन्सीकानिर्देशक बिजय गुप्ता बिशिष्ट अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा संचारकर्मी मनोज पन्त तथा दाताज ईभेन्ट्सका प्रबन्धक दाताराम घिमिरे अतिथी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अथिति बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठले युट्युब बाट गीतलाई सार्वजनिक गर्नु भएको थियो।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी ऋद्धिचरण श्रेष्ठले गीतको सफलताको शुभकामना दिनुभयो । श्रेष्ठले भाग २ जस्तै आगामी दिनमा गीतको अन्य सिरिज पनि बन्ने विश्वाश गर्नुभयो । चलचित्र क्षेत्रमा लामो समय देखी काम गर्दै आएका संचारकर्मी रबी अधिकारीले ‘आँशुको अर्थ' भाग १ र भाग २ जस्तो निकै राम्रो गीत रचना गरेर रचनाकारको रुपमा पनि आफुलाई अब्बल साबित गरेको श्रेष्ठले बताउनु भयो । साथै उहाले आगामी दिनमा चलचित्रमा पनि गीत रचना गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथी चलचित्र निर्देशक बिमल पौडेलले गीत निकै राम्रो बनेको भन्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । गीतले निकै मार्मिक शब्द बोकेको भन्दै दर्शक स्रोताहरुले गीतलाई मन पराउने विश्वाश ब्यक्त गर्नुभयो । कार्यक्रमका अतिथी संचारकर्मी मनोज पन्तले संचारकर्मीको रुपमा सकृय रबी अधिकारीले ‘आँशुको अर्थ १ र २ बाट गीत संगीतको क्षेत्रमा पनि राम्रो गर्दै गएकोमा खुशी लागेको बताए । यस्तै पन्तले गीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिए । कार्यक्रमका सभापति केटीबीका प्रबन्धकले गीत राम्रो बनेको भन्दै संचार र चलचित्र क्षेत्र सँगै संगीतिक क्षेत्रमा पनि अझै प्रगती हुँदै जाओस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

गीतका रचनाकार रबी अधिकारीले ‘आँशुको अर्थ १ को अपार सफलता पछी अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए । ‘आँशुको अर्थ १ लाई दर्शक स्रोताले राम्रो माया दिनुभएको कारण नै भाग २ निकाले बताउनुभयो । अधिकारीले भने – भाग १ को सफलताले भाग २ अझ राम्रो बनाउन चुनौती दियो । तर हाम्रो टिम, सबै संचारकर्मी र दर्शकहरुको मायाले चुनौतीलाई अवसरको रुपमा लिई भाग २ बनाएको बताए । यस्तै अधिकारीले भाग १ जस्तै २ लाई पनि दर्शक स्रोताहरु माया दिनुहुने विश्वाश ब्यक्त गर्नुभयो । दशैं लगतै निकेश खड्काको निर्देशनमा ‘आँशुको अर्थ’का मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठलाई फिचरिंग गरेर गीतको म्युजिक भिडियो निर्माण गरिने गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीले बताउनु भयो । कार्यक्रममा चितवनका सञ्चारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो।'आँशुको अर्थ -२' 'आँशु दिइ जाने'मा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको छ। गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति