२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक शिव परियारको नयाँ गीत ‘आँशुको अर्थ -२’ सार्वजनिक (भिडियोसहित)

१९ आश्विन २०७५, शुक्रबार ०८:५९

असोज १९ काठमाण्डौ | चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को पार्ट टु 'आँशुको अर्थ -२' गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।गत बर्ष सार्वजनिक गरिएको गीत ‘आँशुको अर्थ’ सफल भए सगै 'आँशुको अर्थ -२' 'आँशु दिइ जाने' को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । शुक्रबार चितवनको भरतपुरमा एक कार्यक्रमको बिच गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर परेर 'आँशुको अर्थ -२' गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको हो।

केटिबी एड्भर्टाईजिङ एजेन्सीका प्रबन्धक किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो । यस्तै चलचित्र निर्देशक बिमल पौडेल र केटिबी एड्भर्टाईजिङ एजेन्सीकानिर्देशक बिजय गुप्ता बिशिष्ट अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा संचारकर्मी मनोज पन्त तथा दाताज ईभेन्ट्सका प्रबन्धक दाताराम घिमिरे अतिथी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अथिति बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठले युट्युब बाट गीतलाई सार्वजनिक गर्नु भएको थियो।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी ऋद्धिचरण श्रेष्ठले गीतको सफलताको शुभकामना दिनुभयो । श्रेष्ठले भाग २ जस्तै आगामी दिनमा गीतको अन्य सिरिज पनि बन्ने विश्वाश गर्नुभयो । चलचित्र क्षेत्रमा लामो समय देखी काम गर्दै आएका संचारकर्मी रबी अधिकारीले ‘आँशुको अर्थ' भाग १ र भाग २ जस्तो निकै राम्रो गीत रचना गरेर रचनाकारको रुपमा पनि आफुलाई अब्बल साबित गरेको श्रेष्ठले बताउनु भयो । साथै उहाले आगामी दिनमा चलचित्रमा पनि गीत रचना गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथी चलचित्र निर्देशक बिमल पौडेलले गीत निकै राम्रो बनेको भन्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । गीतले निकै मार्मिक शब्द बोकेको भन्दै दर्शक स्रोताहरुले गीतलाई मन पराउने विश्वाश ब्यक्त गर्नुभयो । कार्यक्रमका अतिथी संचारकर्मी मनोज पन्तले संचारकर्मीको रुपमा सकृय रबी अधिकारीले ‘आँशुको अर्थ १ र २ बाट गीत संगीतको क्षेत्रमा पनि राम्रो गर्दै गएकोमा खुशी लागेको बताए । यस्तै पन्तले गीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिए । कार्यक्रमका सभापति केटीबीका प्रबन्धकले गीत राम्रो बनेको भन्दै संचार र चलचित्र क्षेत्र सँगै संगीतिक क्षेत्रमा पनि अझै प्रगती हुँदै जाओस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

गीतका रचनाकार रबी अधिकारीले ‘आँशुको अर्थ १ को अपार सफलता पछी अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए । ‘आँशुको अर्थ १ लाई दर्शक स्रोताले राम्रो माया दिनुभएको कारण नै भाग २ निकाले बताउनुभयो । अधिकारीले भने – भाग १ को सफलताले भाग २ अझ राम्रो बनाउन चुनौती दियो । तर हाम्रो टिम, सबै संचारकर्मी र दर्शकहरुको मायाले चुनौतीलाई अवसरको रुपमा लिई भाग २ बनाएको बताए । यस्तै अधिकारीले भाग १ जस्तै २ लाई पनि दर्शक स्रोताहरु माया दिनुहुने विश्वाश ब्यक्त गर्नुभयो । दशैं लगतै निकेश खड्काको निर्देशनमा ‘आँशुको अर्थ’का मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठलाई फिचरिंग गरेर गीतको म्युजिक भिडियो निर्माण गरिने गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीले बताउनु भयो । कार्यक्रममा चितवनका सञ्चारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो।'आँशुको अर्थ -२' 'आँशु दिइ जाने'मा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको छ। गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ