२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् नेपाली चलचित्रका महङ्गा नायक-नायिका : कसको पारिश्रमिक कति ?

७ कार्तिक २०७५, बुधबार ०६:५२

काठमाडौँ | पछिल्लो समय नेपाली चलचित्र फस्टाउदै गइरहेको अवस्था छ । खास गरी युवा कलाकारको प्रवेशले दर्शकहरुलाई हलसम्म तान्न थालेको छ । युवा पुस्तामा लोकप्रिय बनेका नायक नायिकाहरुको पारिश्रमिक ह्वात्तै बढेको छ । हेर्नुहोस् नेपालका नायक नायिकाहरुको पारिश्रमिक कति छ:-

अनमोल के.सी.

नेपालका सुपरस्टार नायक अनमोल के.सी. नेपालका सबैभन्दा महंगा नायक मानिन्छन् । हेमराज बि.सी.को चलचित्र होस्टेल मार्फत डेब्यु गरेका हुन् । छोटो समयमै लोकप्रिय बनेका के.सीले पाँच वटा सुपरहिट चलचित्र दिई सकेका छन् । धेरै फ्यान फलोइङ भएका अनमोललाई हेर्नै भनेर हलसम्म युवा युवतीको भिड लाग्ने गर्छ । उनैको स्टाडमलाई हेरेर अहिले निर्देशकहरु अनमोललाई लिन तछाड मछाड गर्छन् । हालै दुई वटा चलचित्रमा अनुबन्धित भएका केसीले ९० लाख पारिश्रमिक लिएको खुल्न आएको छ ।

प्रदिप खड्का

नायक प्रदिप खड्का युवायुवतीविच लोकप्रिय नायक हुन् । अनमोलपछीका महंगा नायकको रुपमा प्रदिपलाई लिइन्छ । उनको शुरुवाती चलचित्र स्केपले राम्रो व्यापार नगरे पनि सुदर्शन थापाको निर्देशनमा बनेको पे्रमगीतबाट उनले फर्केर हेर्नु परेको छैन । उनले तीन वटा सुपरहिट चलचित्र दिईसकेका छन् । रोधीमा उनले २३ लाख लिएर अनुबन्धित भएका हुन् ।

पल शाह

अहिलेका चल्तीका नायक रुपमा नायक पल शाह पनि पर्ने गरेका छन् । म्युजिक भिडियोमा लोकप्रिय नायकलाई विकासराज आचार्यको निर्देशनमा बनेको नाइ नभन्नु ल ४ बाट डेब्यु गरेका हुन् । उनले खेलेका चार मध्ये तीन चलचित्र सुपर हिट भयो भने एउटा औसत रह्यो । उनको पछिल्लो चलचित्र शत्रुगते सुपरहिट भएको थियो । उनको पारश्रमिक नखुले पनि १८ लाखसम्म उनको डिमान्ड रहेको बताइएको छ ।

साम्राज्ञी राज्य लक्ष्मी शाह

साम्राज्ञी नेपाली फिल्म रजतपटमा चर्चित नायिका हुन् । उनले अनमोल केसीको जोडीको रुपमा ड्रिम्सबाट डेब्यु गरेकी थिइन् । पहिलो चलचित्रबाट तारिफ कमाएकी नायिका अहिले सबैभन्दा महंगी नायिका हुन् । उनले कायरामा १० लाख पारिश्रमिक लिएकी थिइन् । उनले खेलेका अधिकांश फिल्म हिट छन् ।

नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठ अहिलेकी एक सफल नायिका हुन् । सुन्दर अनुहार र राम्रो अभिनय कि धनी नम्रताका धेरै जसो फिल्म हिट छन् । उनी थोरै र गुणस्तरीय चलचित्र खेल्ने भएकाले उनका चलचित्र प्राय सफल छन् । पारिश्रमीक बारे नखुले पनि उनले मोटै रकम लिने गरेको बुझिन्छ ।

प्रियंका कार्की

प्रियंका कार्की सबै भन्दा व्यस्त नायिका हुन । धरै फ्यान फलोइङ भएकी नायिकाको नृत्य र अभिनय अब्बल मानिन्छ । उनले नाइ नभन्नु ल, छक्का पञ्जा र शत्रुगते जस्ता सुपटहिट चलचित्र दिएकी छिन् । पारिश्रमिकको बारेमा नखुलेकी नायिका कार्कीले राम्रै रकम लिएर चलचित्रमा अभिनय गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ