२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

धर्मराज पोखरेलको ‘रुदै धरर’ विन्दावासिनी म्युजिक अर्वाडमा छनौट

२०७५, ८ कार्तिक बिहीबार ११:२८

चिसाङ शेर्पा | कार्तिक ८, खोटाङ | लोक गायक धर्मराज पोखरेलको उत्कृष्ट लोक दोहोरी गीत रुदै धरर विन्दावासिनी म्युजिक अर्वाडको नवौं संस्करणमा छनौट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक पोखरेलको मार्मिक लोकगीत आश्रममा बाउ आमा रुदै धरर बोलको गीत उत्कृष्ट पाँचमा परेको हो ।

विन्दावासिनी म्युजिक अर्वाडले हरेक वर्ष उत्कृष्ट लोकदोहोरी गीत छनौट गर्ने क्रममा यसवर्ष आफ्नो लोक गीत परेको गायक पोखरेलले जानकारी दिए । पछिल्लो समयमा बाउ आमा आफ्ना छोराछोरीवाट अपहेलित हुनु परेको तितो यथार्थ गीतमा समेटिएको छ । गीतलाई गायक पोखरेलले लेखेका हुन् । गीतमा उनलाई गायिका देवी घर्ती मगरले साथ दिइएकी छन् । 

म्युजिक अर्वाडमा छनौट भएको गायक पोखरेलको गीतलाई उत्कृष्ट एक बनाउनका लागि मोवाईलको म्यासेज बक्समा बिएमए लेखी एक स्पेस दिएर १७ ए लेखी ३३००१ मा म्यासेज गर्नुपर्ने हुन्छ । लोक गायक पोखरेलसँगै कर्ण न्यौपानेको आज मोड चल्या छ, नरेश खातीको रुदै, रुदै तिम्रो, एकनारायण भण्डारीको कान्छी ओइ कान्छी र अनिल खनालको एउटा पत्र वोलको गीत म्युजिक अर्वाड लागि छनौट भएका छन् । अर्वाडको नतिजा आगामी मंसिर ७ गते आउनेछ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति