२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा नेपाललाई ठुलो सफलता

१८ कार्तिक २०७५, आईतवार ११:५९

कात्तिक १८, काठमाडौं – कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालाई ठुलो सफलता हात परेको छ ।

नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले बिभिन्न अन्तराष्ट्रिय अवार्ड नेपाल भित्र्याउन सफल भएका छन् । 


कार्यक्रममा विक्रम र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ अवार्ड जित्दा अदीति अधिकारले ‘फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञावलीले ‘बेष्ट पर्सनालिटी’ अवार्ड हात पारे ।

कोरियोको इन्चियोनको सोङडो अन्तराष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म अर्थात ( ११ कत्र्तिकदेखि १५ सम्म’ आयोजित कार्यक्रममा यी सहभागीले नेपालका बिभिन्न कलासंस्कृति बिश्वका सहभागी माझ राखेका थिए । 


नेपालको प्रतिनिधित्व अवार्डमा सहभागी मध्य  अदिति अधिकारी नेक्स्ट मोडल्स नेपाल आयोजक रहेको ‘मोडल हन्ट २०१८’ की महिला विजेता हुन् । रुविष्का श्रेष्ठ र आदर्श ज्ञवाली सोही कार्यक्रमको फस्र्ट रनर अप र थर्ड रनरअप बिजेता हुन् । 

अर्का सहभागी विक्रम अदित्य मोडल ‘हन्ट नेपाल २०१७’ का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टीवल फेस अफ नेपाल विजेता पनि हुन् । 

सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका हुन् । सबै सहभागी मंगलबार काठमाडौ फर्किने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ