२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भवन निर्माणका लागी दोहोरी गीत प्रतिष्ठानको देउसी, उठ्यो एकैठाउँबाट २५ लाख (भिडियो)

२१ कार्तिक २०७५, बुधबार ०६:०२

कात्तिक २१, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेको छ । केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसी कार्यक्रमबाट एकैठाउँमा २५ लाख रुपैंया बढी उठेको छ ।

मंगलबार साँझ ५ बजेदेखी ९ बजेसम्म बिभिन्न ब्यवसायी तथा समाजसेवीहरुलाई निमन्त्रणा गरी खेलिएको देउसीमा प्रतिष्ठानका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिती थियो । ‘पहिलो दिनको देउसीबाट अनुमानित २५ लाख ६० हजार उठेको छ, आजपनि हामी राजधानीका केहि ठाउँमा देउसी खेल्नेछौं’, प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीले भने । पंगेनीका अनुसार देउसीबाट उठेको सम्पुर्ण रकम भवन निर्माणमा लगाइनेछ । देउसीमा बिभिन्न संघसंस्थाका ब्यक्तिहरुले भवन निर्माणमा चाहिने गिटी, बालुना लगायतका सामाग्रीहरुपनि सहयोग गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा गायक खुमन अधिकारी, पशुपति शर्मा, दीपक खड्का, गायिका राधिका हमाल, पुर्णकला बिसी लगायतले भट्याएका थिए भने मोडल शंकर बिसी, रश्मी तामाङ, करिश्मा ढकाल, रिना थापा मगर, अन्जली अधिकारी लगायतले नृत्य गरेका थिए । चन्द्र शर्माले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ गायक दुर्गाा रायमाझिले पनि आफ्नो प्रस्तुती दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ