२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली फिल्ममा भारतीय मोडल: ‘प्रेमलीला’को पहिलो गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक

२६ कार्तिक २०७५, सोमबार ११:४९

कात्तिक २६, काठमाडौँ | नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म 'प्रेमलीला'को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत 'जाने क्या हुवा ए' सार्वजनिक गरिएको हो ।


सार्वजनिक गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् भने पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् । यसअघी फिल्मको फर्स्ट लुक सार्वजनिक भइसकेको छ ।


फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ ।

हेर्नुहोस् भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ