२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दि भ्वाइस अफ नेपाल’ मा कोच अभयाले आँशु थाम्न सकीनन्

२०७५, २६ कार्तिक सोमबार १६:१८

कात्तिक २६, काठमाडौं । कात्तिक २६ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतवारको कार्यक्रममा पहिलो पटक टिभ अभयाका प्रतियोगीले पहिलो पटक चारै जना निर्णायक तथा कोचहरुको ‘स्ट्याण्डिग अवेसन’ प्राप्त गरेका छन् । 

टिम अभयाका प्रतियोगी कुशलले चारै जना निर्णायक तथा कोचहरुको ‘स्ट्याण्डिग अवेसन’ पाएका थिए । प्रतियोगी कुशलको प्रस्तुती निकै उत्कृष्ट भएको भन्दै चारै जना निर्णायकहरुले ‘स्ट्याण्डिग अवेसन’ दिएका थिए । 

उनको प्रस्तुतीपछि कोच सनुपले प्रतियोगी कुशलले स्टेजको सम्पूर्ण प्रयोग गर्ने र सबै विषयको जानकारीसहित प्रस्तुती दिने गरेको बताए ।

त्यसैगरि निर्णाकय तथा कोच अभयाले पहिलो पटक आफ्नो टिमले ‘स्ट्याण्डिग अवेसन’ पाएको भन्दै भाव विभोर भएकी थिईन् । उनी कुशलको प्रस्तुतीपछि पाएको चारै कोचको ‘स्ट्याण्डिग अवेसन’ पछि निकै भावुक भएकी थिईन् ।

‘म धेरै गौरवान्वित भएको छु, कुशललाई मैले पहिले देखि नै राम्रो प्रतियोगीको रुपमा लिएको थिएँ र पहिलो पटक टिम अभयाका लागि चारै जना कोचले ‘स्ट्याण्डिग अवेसन’ दिँदा निकै खुशी लागेको छ, म निकै भावुक भएकी छु,’ उनले भनिन्, मैले धेरै भन्नु पर्दैन्, मेरो आँशुले नै धेरै भन्दछ ।’


‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आईतवारको कार्यक्रममा टिम प्रमोदको तर्फबाट तीनजना प्रतियोगीहरु तेजेन्द्र, सुरेखा र सुशिल मध्ये प्रतियोगी सुशिललाई कोचले बचाएका थिए भने बाँकी दुई प्रतियोगीहरु भोटिंगको लागी गएका छन् ।

त्यस्तै टिम अभयाको तर्फबाट चारजना प्रतियोगीहरु कुशल, मध्ये कोच अभयाले प्रतियोगी कुशललाई बचाए भने बाँकी दुई प्रतियोगीहरु भोटिंगको लागी गएका छन् ।

शनिवारको कार्यक्रममा प्रस्तुती दिएका प्रतियोगीहरुमध्ये टिम सनुपबाट सप्तक तथा टिम दिपबाट स्वेच्छा दर्शकहरुको भोटिंगको आधारमा अघिल्लो चरणमा जान सफल भएका छन् ।

शनिवारदेखि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ टप २४ मा प्रतियोगीका साथमा नयाँ चरणमा प्रवेश गरेको छ ।

लाइभ राउण्डको फम्र्याट

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को लाइभ राउण्ड कार्यक्रममा दुईजना निर्णायक तथा कोचहरुले आफ्ना चार/चार जना प्रतिस्पर्धीहरुलाई प्रस्तुत गराउने छन् भने सो मध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् । बाँकी ३ जना प्रतिस्पर्धीहरुलाई भने भोटिंङको लागि अगाडि पठाउनेछन् ।

प्रतिस्पर्धीहरुमध्ये आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ । भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सक्नुहुनेछ ।

त्यसैगरि भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्नुहुने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सक्नुहुनेछ ।

यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्नसक्नुहुनेछ । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मन गर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । (उदाहरणको लागि १६६६७७ मा कल गर्नुस र त्यसपछि कोड नम्बर डायल गर्नुस् ।)

दर्शकहरुले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को मोबाइल एप डाउनलोड गरेर पनि आफ्नो मन परेको प्रतियोगीलाई भोट गर्न सक्नुहुनेछ ।

त्यसैगरि एप्पलको आईओएस स्टोरबाट डाउनलोड गर्नहोस् ।

मोबाइल एपबाट प्रत्येक प्रतियोगीको लागि अधिकतम ५ वटा भोट गर्न सकिनेछ ।

आईतवार कला प्रस्तुत गरेका प्रतियोगीहरुको भोटिंङको रिजल्ट पनि आउँदो एपिसोडमा प्रस्तुत हुनेछ । त्यसैले आफूलाई मनपरेको प्रतियोगीलाई धेरैभन्दा धेरै भोट गर्न हार्दिक अनुरोध गर्दछौं ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति