२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको अन्तिम-८ बाट बाहिरिए धादिङका क्रिसल कँडेल

३० कार्तिक २०७५, शुक्रबार १६:३९

कात्तिक ३०, काठमाडौँ | नेपाल आइडलको अन्तिम आठ प्रतिष्पर्धीबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन् । उनले अन्तिम ८ बाट बाहिरिए संगै भने ‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु । नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’ । 

जीवनभर गीतसंगीतमै लाग्ने प्रण गर्दै आगामी दिनमा अझ बढी मेहनत गर्ने वाचा क्रिशलले गरेका छन् । नेपाल आइडलजस्तो राम्रो प्लेटफर्म पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झँदै उनले नेपाल आइडल कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा सबैभन्दा साना उमेरका कँडेल सबै खालका गीतमा स्वरको जादु चलाउँछन्।


धादिङबेँसीका क्रिसल सानैदेखि गीत गाउने रुचि राख्थे। पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका क्रिसलले रेडियोमा गीत सुनेरै गीत गाउने सीप सँगालेका थिए। घरमा हुँदा उनका दाइले पनि गीत गाउने गर्थे। 

गीत सुन्दै गर्दा जस्तो सुन्यो त्यस्तै गाउने कोसिस गर्छन् उनी। सांगीतिक यात्राको पहिलो गुरु नै रेडियोले बजाउने गीत रहेको उनी बताउँछन् । 

दैनिक ५/६ घण्टा संगीतको रियाज गर्ने क्रिसल संगीतलाई कुनै परिभाषाले समेट्न नसकिने बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य